१८ चैत्र कञ्चनरूप ।


शुभकामना महिला सहकारी संस्था लिमिटेडको अध्यक्षमा विष्णु श्रेष्ठ ( नानु मैया)को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सप्तरीको कञ्चनरूप नगरपालिका वाडा नं. १२ मा रहेको सहकारीको ८ औं वार्षिक साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नव निर्वाचित कार्यसमितिका उपाध्यक्षमा रोक्का राउत, सचिवमा प्रमिला कोइराला ( पोखरेल), कोषाध्यक्षमा तिला यादव लगायत ११ सदस्यीय रहेका छन । नव निर्वाचित कार्य समितिको कार्यकाल तीन वर्षे रहने छ ।

लेखा समितिको संयोजकमा सहजादी वेगम र सदस्यहरूमा उर्मिला चापागाईँ र संगीता न्यौपाने श्रेष्ठ लाई चयन गरिएको छ । ।
उक्त कार्य समितिले आजै कार्यभार समालेको बताइएको छ ।












