१८ चैत्र , कञ्चनरूप ।


नेकपा एकीकृत समाजवादीकी महिला नेतृ तथा केन्द्रिय सदस्य उषा पोखरेले एमालेका पर्यर्टका रुपमा रहेका आगन्तुकलाई कञ्चनरूपमा जरा गाड्न नदिने बताइन ।
शुक्रवार नेकपा एकीकृत समाजवादी कञ्चनरूपको बिस्तारित नगर बैठकलाई सम्बोधन गर्दे नेतृ पोखरेलले एमालेका पर्यटक भिसामा आएका ति पर्यटकलाई कञ्चनरूप क्षेत्रमा जरा गाडेर बस्न नदिनेमा नेकपा एकीकृत समाजवादी लागी परेको बताइन । पर्यटकका त्यो गुटले भ्रम छरिरहेको छन त्यो उनीहरु भ्रमबाट मुक्त हुने बताइन । संसद्मा नेकपाको दुई तिहाइ रहेको बेलामा धेरै काम गर्न सक्ने अपूर्व अवसर भएपनि ओलीले सरकारले अवसर अनुसार काम नगरेको बताइन ।

कञ्चनरूपको विस्फारित नगर बैठकमा प्रदेश कमिटी सदस्य दीप नारायण चौधरीले नगर सदस्यहरूलाई आगामी निर्वाचनमा नेकपा एसको सहभागिता सम्बन्धी विषयमा प्रशिक्षण दिएका थिए ।
केन्द्रीय सदस्य उपेन्द्र नारायण साह प्रमुख आतिथ्यमा भएको बैठकमा जिल्ला सदस्य तथा कञ्चनरूप इन्चार्ज मो. इस्लाम , जिल्ला कमिटी सदस्य , रामचन्द्र मण्डल , रामहरी ढकाल , समाजवादी प्रेस संगठन नेपाल शाखा सप्तरीका अध्यक्ष अनिल पोखरेल लगायतका कार्यकर्ता सहभागी थिए ।
नगर बैठक नगर अध्यक्ष विष्णु देव चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।












