१९ चैत्र कञ्चनरूप ।


प्रगतिशील लेखक संघ (प्रलेस) सप्तरीको दोस्रो जिल्ला सम्मेलनबाट मेघराज पौड्यालको अध्यक्षतामा १३ सदस्य नयाँ समिति गठन भएको छ ।
सप्तरीको कञ्चनरूपमा भएको दोस्रो जिल्ला सम्मेलनबाट कञ्चनरूप ७ का मेघराज पौड्यालका अध्यक्षमा निर्वाचित भएका हुन । अध्यक्ष पौड्याल अघिल्लो कार्यकालमा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

समितिको उपाध्यक्षमा पुनम पोखरेल, सचिवमा ईश्वरीप्रसाद नेपाल र कोषाध्यक्षमा गिरिराज पौडेल चयन भएका छन ।
यसैगरी सदस्यहरूमा मनोहर पोखरेल, सुमित्रा दास, किशोर चौधरी, इन्द्र बहादुर थापा, अमित चौधरी, जयराम मण्डल र बैजनाथ यादव रहेका छन ।












