राजविराज चैत्र १९ ।


नेकपा (एकीकृत समाजवादी) जनवर्गीय संगठन नेपाल दलित मुक्ति संगठनको प्रथम सप्तरी जिल्लाको अधिवेशनबाट कारी खङ्गको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटीको चयन भएको ।
सप्तरीको खड्क नगरपालिका वडा नं.७, कल्याणपुर बजारमा भएको नेकपा (एकीकृत समाजवादी) पार्टीको जनवर्गीय संगठन नेपाल दलित मुक्ति संगठनको प्रथम जिल्ला अधिवेशनबाट कारी खङ्गको अध्यक्षतामा ३१ सदस्यीय नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटीको सर्वसम्मत चयन भएको छ ।

नेकपा (एस) का स्थायी कमिटी सदस्य रामप्रित पासवानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रदेश सभा सांसद माननीय गोविन्द न्यौपाने , पार्टी मधेस प्रदेश कमिटीको सदस्य तथा जिल्ला कमिटी सदस्य दीप नारायण चौधरी लगायत मधेस प्रदेश कमिटीको सदस्य तथा जिल्ला कमिटी सदस्यहरूको उपस्थिति रहेको थियो भने कार्यक्रमको अध्यक्षता जिल्ला कमिटी सदस्य तथा नेपाल दलित मुक्ति संगठनको केन्द्रिय सदस्य शुभक लाल राम गरेका थिए ।












