२२ चैत्र कञ्चनरूप ।


आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँच दलबीच गठबन्धन हुने निश्चित भएसँगै सप्तरीको कञ्चनरूप नगरपालिकामा पनि गठबन्धन हुने भएको छ ।
कञ्चनरूपमा भएको नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच सर्वदलीय बैठकले गठबन्धनको हिसाबले जानेमा जोड दिएका छन ।

स्थानीय आवश्यकता , राष्ट्रिय सहमतिका अनुसार गठबन्धन गर्नुपर्ने गठबन्धनमा छलफल भएको थियो र साझा धारणा बनाउने भएका छन ।
स्थानीय गठबन्धनलाई मूर्तरूप दिन स्थानीय नेपाली कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी का नेता तथा कार्यकर्ता गहन छलफलमा जुटेका छन भने साझा उममेदवार घोषण गर्ने तयारीमा रहेको बताईएको छ ।












