२२ चैत्र राजविराज ।


नोबेल शिक्षण अस्पतालका डाक्टर विजय यादवका हत्यारालाई कानूनी दायरामा ल्याउनुपर्ने भन्दै राजविराजमा मंगलबार विरोध प्रर्दशन गरेका छन् । प्रदर्शन कारीले जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत जिल्ला प्रशासन कार्यालय सुनसरीलाई ज्ञापन पत्र बुझाएको छ ।
राजविराज स्थित शिव मन्दिरको प्रङ्गणबाट निकालिएको विरोध ¥याली नगरको विभिन्न भाग परिक्रमा गरी सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाएका छन् ।

नगर परिक्रमामा गर्दै हत्यारालाई सार्वजनिक गर, हत्यारालाई कारवाही गर, घटनाको सम्बन्धमा न्यायिक छानविन गर, हत्यारालाई संरक्षण गर्न पाइदैन, गुन्डा गर्दी बन्द गर, नोबेल अस्पताल मुर्दावाद, गृहमन्त्री मुर्दावाद लगायत नाराबाजी सहित प्रदर्शन गरेका छन् । ज्ञापन पत्रमा मृतकका आफन्त र स्थानीयले नियोजित रुपमा हत्या भएको दावी गर्दै घटनाको उच्चस्तरीय छानविन गरी दोषीलाई हदैसम्मको कारवाही हुनुपर्नेमा माग गरिएको छ । ‘नोबेल अस्पतालमा कार्यरत रही छेउमै डेरा लिएर बसेको अवस्थामा चैत्र १८ गतेको रातिको समयमा निजको निर्मतापूर्वक हत्या गरिएकोमा हामी सप्तरीवासी उक्त जघन्य अपराधको घोर भर्त्सना गर्दछौँ । सो हत्याको उच्चस्तरीय छानविन गरी तत्काल हत्यारा पत्ता लगाई हत्यारालाई कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारसँग माग गर्दछौँ ।’, ज्ञापन पत्रमा भनिएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर १ खुरुहुरिया बस्ने यदुनन्दन यादवको ३१ वर्षीय छोरा डा. विजय यादवको १८ गते राति उनी बस्न डेरा बाहिर मृत फेला परेको थियो ।
यसैबीच प्रहरीले ६ जनालाई पक्राउ गरेको छ तर पक्राउ गरिएका व्यक्ति लाई हालसम्म सार्वजनिक गरेको छैन ।












