Logo

जसपा सप्तरीले स्वघोषित उम्मेदवार घोषणा गर्नेलाई कारबाही गर्ने 

                     
Logo २३ चैत्र २०७८, बुधबार १९:३७    

२३ चैत्र , कञ्चनरूप ।

जनता समाजवादी पार्टी सप्तरीले स्थानीय तह निर्वाचनका लागि स्वघोषित उम्मेदवार घोषणा गर्नेलाई कारबाही गर्ने भएको छ ।

पार्टीद्वारा बुधबार जिल्ला अध्यक्ष केदार प्रसाद यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पार्टी निर्देशन विपरीत कार्य गर्ने जोकोहीलाई पनि अनुशासनको कारबाही हुने चेतावनी दिएको छ ।

स्थानीय तहको चुनावमा उम्मेदवार चयन प्रक्रियालाई प्रभावित गर्ने गतिविधि गर्न नगराउन सम्बन्धित सबैसँग आग्रह गर्दछौँ, विज्ञप्तिमा भनिएको छ, पार्टी निर्देशन विपरीतको आफूलाई स्वघोषित उम्मेदवार भएको भनी भ्रम फैलाउने क्रियाकलाप बन्द नगरिए जोकोहीलाई पनि अनुशासनको कारबाही हुने कुरा जानकारी गराउन चाहन्छु ।

विज्ञप्तिमा जिल्लामा केही ब्यक्तिले पार्टी निर्देशन, विधि, प्रक्रिया र निर्वाचन सम्बन्धी कार्यविधिलाई नै चुनौती दिने गरी आफूलाई उम्मेदवार भएको भनी सामाजिक सञ्जालमा जनतामा भ्रम फैलाउने गतिविधि गरेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?