२३ चैत्र कञ्चनरूप ।


पूर्वपश्चिम राजमार्ग कंचनपुर–कमला चार लेन सडक योजनाका मजदुरहरूले आन्दोलनलाई तेश्रो दिन समेत निरन्तरता दिएका छन् । आन्दोलनका कारण तीन दिनदेखि सडक निर्माणको कार्य ठप्प हुँदा समेत कम्पनीले भने समस्या समाधानको दिशामा कुनै चासो नदिएको भन्दै सप्तरीको अग्निसाईर कृष्णासवरन २ स्थित रहेको चाइना रेल्वे इन्जिनियरिङ् पूर्वी क्याम्पमा मजदुरहरूले आन्दोलनका कार्यक्रमलाई बुधबार पनि जारी राखेका हुन् ।
सयौँ सङ्ख्यामा रहेको मजदुरहरूले बिहानदेखि कम्पनी अगाडि भेला भएर माग सम्बोधनका लागि दवाव दिने गरेका छन् ।

मजदुरहरूको माग पूरा गर्न सकिदैन, काम गर्नु मन छैन भने नआउँदा हुन्छ, हामी अर्को ठाउँबाट मजदुर ल्याएर काम गराउँछौ भन्दै कम्पनीका प्रतिनिधिहरूले रुखो व्यवहार गरेर हप्काउने गरेको कारण आन्दोलनरत जारी राखेको बताएका छन ।
मजदुरहरूले जानकारी दिए ।
मजदुरहरूले पेशागत सुरक्षा हुनुपर्ने, पारिश्रमिक बढाउनुपर्ने लगायतका माग राखी गत सोमबारदेखि आन्दोलनमा छन् ।












