Logo

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा शिशुको मृत्यु भएपछि आफन्त आक्रोशित बने

                     
Logo २३ चैत्र २०७८, बुधबार १९:५९    

२३ चैत्र, राजविराज,  ।

सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा बुधवार एक नवजात शिशुको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका छन् ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा.दिलीपकुमार साहको लापरवाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका आक्रोशित बनेका छन् ।

विगत पाँच महिनादेखि जिल्लाको बोदे बरसाइन नगरपालिका–७ हैठीकी २९ वर्षीया पुनिता कुमारी यादवले मेसु डा. साहकै ‘प्रसूति तथा स्त्री रोग क्लिनिक एण्ड डाइग्नोस्टिक डी. सेन्टर राजविराज’ नामक निजी क्लिनिकमा जाँच गराउँदै आएकी थिइन

बुधवार व्यथा लागेपछि पुनितालाई प्रसूति गराउन बिहान अस्पताल ल्याएर भर्ना गरिएको थियो ।

बिहान पनि डा.ले सबै ठिक छ नै भन्नुभयो तर प्रसूति गराउने बेलामा उहाँ चिकित्सकहरूले गम्भीरता देखाउनु भएन’ पुनिताका देवर निरजकुमार यादवले भने –‘डा.साह र यहाँका चिकित्सकहरूकै लापरवाहीले शिशुको मृत्यु भयो ।’


लोकप्रिय छुटाउनुभयो कि ?