Logo

 सर्लाहीमा एक बालकको शव छिमेकीको सेप्टी ट्याङ्कीमा भेटियो 

                     
Logo २४ चैत्र २०७८, बिहीबार १४:४३    

२४ चैत्र ,सर्लाही ।

सर्लाहीको गम्हरियाबाट पाँच दिनदेखि डराईरहेका एक बालकको शव छिमेकीको घरको सेफ्टी ट्याङ्कीमा भेटिएको छ।

मलङ्गवा –१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव आज (बिहिबार) बिहान छिमेकी जगदीश ठाकुरको सेफ्टी ट्याङ्कीमा भेटिएको हो ।

आइतबार गाउँमा न्वारनको भोज खान गएका मिठु घर नफर्किएपछि पीडित परिवारले प्रहरीलाई खबर गरेका थिए । अनुसन्धानका क्रममा प्रहरीले शङ्काको आधारमा छिमेकी जगदिशलाई पक्राउ गरेको थियो ।

बयानमा जगदिशले बालकको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । प्रहरीले मिठुको शव बरामद गरेर प्रादेशिक अस्पताल मलङ्गवा ल्याएको छ ।

दोषी पक्राउ गरिसकेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?