२५चैत्र ,राजबिराज ।


राजगढ गाँउपालिमा नेपाल कम्युनिस्ट पार्टी एमालेवाट निर्वाचित वडा अध्यक्ष सहित केही अगुवा नेता पार्टी छाेडेकाे घाेषणा गरेका छन् ।
राजगढ गाउँपालिका वडा न ४ वाट निर्वाचित हेमनरायण साह सहित केही अगुवा कार्यकर्ता पार्टी छाेडेकाे हाे । शुक्रबार वडा अध्यक्ष साहले संचारकर्मिसँग कुरा गर्दै आफुले गत निर्वाचनमा पार्टीलाइ जित गराएपनि हाल पार्टीले केही व्यतीतकाे निहित स्वार्थमा लागेकाले पार्टी छाेडेकाे जानकारी गराए । नेकपा एमाले कम्युनिस्ट पार्टी हाे तर पार्टीमा साेसक र सामन्तवादकाे हालिमुहालि भएकाले पार्टी छाेडेकाे हाे । नेकपा एमाले पार्टी छाेडेर अब केहिदिन स्वतन्त्र रुपमा रहने जानकारी दिदै पार्टी र सिद्धान्त मिलने दलमा लागने बताए ।पार्टी छाेडनेमा वडा सदस्य सहित छ जना रहेकाे छ ।













