Logo

पत्रकार महासंघ सप्तरीको नयाँ भवन शिलान्यास

                     
Logo २५ चैत्र २०७८, शुक्रबार १८:३०    

२५, चैत्र ,राजविराज ।

मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले शुक्रबार सप्तरीको राजविराजमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको भवन शिलान्यास गरेका छन ।

मधेश प्रदेश सरकारले २५ लाख रुपैयाँको लागतमा  निर्माण गरी  महासङ्घका कोषाध्यक्ष नवीन गुप्ताले बताए । तोकिएको समय भित्र सक्ने शाखाले लक्ष्य लिएको बताए ।

भवन शिलान्यास कार्यक्रमका जिल्ला भरीका विभिन्न सञ्चारमाध्यमका कार्यरत पत्रकारहरूको उपस्थितिमा भवन शिलान्यास भएको हो ।

भवन शिलान्यास पछिको समारोहमा बोल्दै मन्त्री साहले आधुनिक, सुविधा सम्पन्न भवन निर्माण गर्न रकमको अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे । पत्रकार महासङ्घको संस्थागत विकासमा आफूले भूमिका  निर्वाह गर्ने बताउँदै मन्त्री साहले विकास निर्माणका काममा खबरदारी गर्नका लागि समेत सुझाव दिए । 


लोकप्रिय छुटाउनुभयो कि ?