२८, चैत्र कञ्चनरूप ।


नेकपा (एमाले) कञ्चनरूपले मेयरमा महिला भए उपमेयर पुरूष उममेदवार हुन पाउनु पर्ने भन्दै उपमेयर पुरूषको पनि नाम चयन गरको छ ।
स्थानीय तहको निर्वाचनमा कञ्चनरूप नगरपालिकाको मेयरका लागि नेकपा (एमाले) नगर कमिटीले १० जनाको नाम सिफारिस गरेको छ भने उपमेयरका लागी ९ जनाको नाम चयन गरेको छ ।

नगर कमिटीको सचिवालय बैठकले कञ्चनरूपका वर्तमान मेयर बसन्त कुमार , भोला राउत, शिव नारायण साह, माधव चौधरी , ललित कुमार साह, भुवन के सी. मो. कलिम सेख, श्याम पोखरेल , शत्रुधन प्रसाद यादव र रिता गिरीको नाम चयन गरेको बताइएको छ ।
त्यस्तै, उपमेयरमा तीर्थ राज पोखरेल , आस्रा चौधरी , कल्पना चौधरी, सविता न्यौपाने , सरस्वती निरौला , उमेश प्रसाद साह, मो. जिब्रिल सेख , उषा थापा र जय सियाराम मण्डलको नाम सिफारिश गरेको कञ्चनरूप कमिटी सचिवालय सदस्य मनु पासवानले जनाकारी दिए ।
त्यस्तै, उम्मेदवार सिफारिस गर्नका लागि वडाध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँ कमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख र उपप्रमुखको हकमा गाउँ र नगरकमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर र महानगर कमिटीको हकमा सम्बन्धित कमिटीहरूको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेगरी केन्द्रीय कमिटी बैठकबाट टुंग्याइने बताइएको छ ।












