Logo

सप्तरीको राजगढ गाँउपालिमा एमालेका अगुवा नेताकार्यकर्ता नेपाली काँग्रेस प्रवेश

                     
Logo २८ चैत्र २०७८, सोमबार १९:२९    

विरेन्द्र साह

२८ चैत्र ,राजविराज ।

राजगढ गाँउपालिमा नेकपा एमालेभित्र पहिरो गएको छ । केहि दिन अघिमात्रै नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हेमनारायण साहले पार्टी छोडेको घोषणा गरेपछि अगुवा कार्यकर्ता नेपाली काँग्रेस प्रवेश गरेपछि एमाले शून्य बनेको हो । सोमवार नेपाली कांग्रेसले राजगढ गाउँपालिकाको वडा न ४ मा पार्टी प्रवेशको कार्यक्रम आयोजना गरेपछि एमालेका १ सय ५० जनाभन्दा बढी अगुवा नेताकार्यकर्ता पार्टी छोडेको हो । राजगढ गाउँपालिका नेपाली काँग्रेस सभापति दिनेश प्रसाद यादवको सभापतिमा आयोजित पार्टी प्रवेश कार्यक्रममा  निवर्तमान वडा अध्यक्ष हेमनारायण साह आधिकारिक रुपमा पार्टी प्रवेश नगरेपनि एमालेका अगुवा कार्यकर्ता जीवनारायण साह सहित १ सय ५० नेताकार्यकर्ता पार्टी छोडेको हो ।

राजगढ गाँउपालिका वडा न ४ का वडा अध्यक्ष हेमनारायण अपहरणको आशङ्का राजगढ गाउँपालिकामा नेपाली कांग्रेसले सोमवार वडा अध्यक्ष हेमनारायण सहित अगुवा कार्यकर्ता प्रवेश गर्ने कार्यक्रम तय गरेपनि अन्तिम समयमा वडा अध्यक्ष साह राजविराजबाट अचानक गायब भए । नेपाली काँग्रेस पार्टीमा प्रवेश गर्ने कार्यक्रम तय पछि, वडा अध्यक्ष साह नयाँ लुगा लिन राजविराज गएको थियो । लुगा लिएर आँउदै गर्दा छिन्नमस्ता मोडमा आफू रहेको जानकारी टेलिफोन सम्पर्कमा कुरा भएको उनका निकट मानिने जीवन साहले बताए । म यहाँ कार्यक्रममा व्यस्त थिए अन्तिम समयमा कार्यक्रममा नआएपछि वडा अध्यक्ष अपहरणमा परेको हो कि आफूहरूलाई शंका लागेको जानकारी दिए । वडा अध्यक्ष एकाएक गायब भएपछि उनको घर र उनका निकटका व्यक्तिसँगै कुराकानी गरेपछि कहि पनि फेलापरेपछि उनी अपहरणमा परेको हामी निष्कर्षमा पुग्यौं। वडा अध्यक्ष जिले नै कार्यक्रम तय गरि कार्यक्रमको व्यवस्थापन गरेपनि आफै बेपत्ता भएपछि आफूहरूलाई  शंका लागेको छ स्थानीय रामविलास  खङ्गले बताए । 


लोकप्रिय छुटाउनुभयो कि ?