Logo

धनुषाको लालगढमा २ दिने उद्यमशीलता विकास तालिम सञ्चालन   

                     
Logo २८ चैत्र २०७८, सोमबार १९:४५    

२८ चैत्र ,लालगढ ।

कृषि उधम केन्द्र ,नेपाल उद्योग वाणिज्य महासंघ , काठमाडौंको आयोजना र ग्रामीण  उधम तथा विप्रेषण आयोजना समृद्धिको सहयोगमा धनुषाको लालगढमा २ दिने उद्यमशीलता विकास तालिमको आजबाट  सञ्चालन भएको छ ।

सात जिल्लाका १६ नगर उद्योग वाणिज्य संघका २९ जना उद्यमी, व्यापारी  ब्युटिसियन , होटेल व्यवसायीहरूको   सहभागिता रहेको  छ  । सो कार्यक्रममा उद्गम क्षेत्रमा लामो समय सङ्घर्ष गर्नु भएका धेरै महिलाहरूको कारुणिक व्यथा पनि प्रस्तुत गरिएको थियो ।  वौवा होटेलमा भएको  उक्त कार्यक्रममा   प्रशिक्षकका रूपमा व्यवसायी विकास सेवा विज्ञ दिपेन्द्र श्याम घिमिरे ,  कार्यक्रम विकास विज्ञ दिपेन्द्र जोशी , ग्रामीण प्राविधिक केन्द्र नेपालका लिखाराम चौधरी ,कार्यक्रम विकास विज्ञ र प्रशासन शाखाका सागर पोखरेल रहेका छन ।  


लोकप्रिय छुटाउनुभयो कि ?