२९ चैत्र , विराटनगर ।


मोरङको विराटनगरबाट एक जना भारतीयलाई प्रहरीले मानव अंगसहित पक्राउ गरेको छ ।
सशस्त्र प्रहरीको सीमा सुरक्षा बल रानीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रहरीले मानव अंगसहित पक्राउ गरेको हो ।

भारतको बिहार पुर्णिया जिल्लाको पूर्णिया नगरपञ्चायतका २६ वर्षीय आदित्य सिंन्हालाई प्रहरीले मंगलबार विराटनगर–१५ स्थित मुख्य रानी नाकाको १ नम्बर ढाटबाट मानब अंगसहित पक्राउ गरेको छ ।
पक्राउ परेका भारतीय नागरिक सिन्हा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी हुनसक्ने अनुमान गरिएको छ । सिन्हाको साथबाट सन् २०१६ सेप्टेम्बरमा वीपी प्रतिष्ठानले बनाइदिएको विद्यार्थी परिचयपत्र समेत फेला परेको छ ।












