Logo

कञ्चनरूप नगरपालिकाको चार वटा वडामा नेकपा एसको २१ सदस्य वडा कमिटी गठन

                     
Logo २९ चैत्र २०७८, मंगलवार १९:५९    

२९, चैत्र, कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप नगरपालिकाको चार वटा वडा नेकपा ( एकीकृत समाजवादी ) को २१ सदस्य वडा स्तरीय कमिटी गठन भएको छ ।

कञ्चनरूप नगरपालिकाको वडा नं. २ स्तरीय कार्यकर्ता भेलाबाट सञ्जीव झाको अध्यक्षतामा २१ सदस्य वडा स्तरीय कमिटी गठन भएको छ ।

यसै गरी वडा नं ६ मा कार्यकर्ता भेलबाट विन्देश्वर चौधरीको अध्यक्षतामा २१ सदस्य वडा स्तरीय कमिटी गठन भएको छ भने वडा नं ८ मा  कार्यकर्ता भेलाबाट अशोक झाको अध्यक्षतामा २१ सदस्य वडा स्तरीय कमिटी गठन भएको छ ।

यता वडा नं. ९मा शंकर अधिकारीको अध्यक्षतामा २१ सदस्य वडा स्तरीय कमिटी गठन भएको छ ।

उक्त भेला नेकपा ( एस) को केन्द्रिय सदस्य उपेन्द्र नारायण साहको प्रमुख आतिथ्यमा तथा नेकपा (एस) मधेश प्रदेश समितका सदस्य दीप नारायण चौधरीको वशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो भने कञ्चनरूप नगरकमिटी अध्यक्ष विष्णु देव चौधरीको अध्यक्षतामा  कार्यकर्ता भेला सम्पन्न भएको थियो ।   


लोकप्रिय छुटाउनुभयो कि ?