Logo

राजविराजमा १४ वर्षीय बालिकाको टाउकोमा  खुकुरी प्रहार

                     
Logo १ बैशाख २०७९, बिहीबार १४:२०    

१ वैशाख राजविराज ।

सप्तरीको राजविराजमा १४ वर्षीय बालिकाको टाउकोमा  खुकुरी प्रहार गरी घरमा आगो लगाउनेलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

राजबिराज ७ निवासी बैजनाथ साहले हिजो दिउसो १२ बजे सोही वडा निवासी समिरा खातुनको घरमा आगो लगाएका छन् । साहले समिराकी १४ वर्षीय छोरी मेहेक खातुनलाई पछाडि टाउकोमा  खुकुरी प्रहार गरेका छन् । साहको खुकुरी प्रहार बाट घाइते मेहेक खातुनलाई गजेन्द्रनारायण सिंह  अस्पतालको आकस्मिक सेवामा भर्ना गरिएको छ । साहले पटक ९ पटक उनको छोरीमाथि आक्रमण गर्ने गरेको समिराले बताइन । साहले आफ्नी छोरीलाई पटक -पटक  बलात्कारको प्रयास गरेको खातुनले   बताइन ।  खातुनका मामा  अम्रुदिन अलिले आफ्नो दिदी र भान्जी माथि साहले पटक पटक हातपात गरेको र अहिले त ज्यानै लिने तरिकाले आक्रमण गरेको भन्दै दोषीलाई हदैसम्मको कारवाहीको माग गरेका छन् ।  समाजसेवी  सुरस यादवले भने यिनीहरूलाई साहले  बेलाबेलामा दुःख दिने गरेको बताए । यादवले भने बैजनाथ साहले  मुसाको दवाई देखाउदै यो खाएर मर्छु र सबैलाई फसाउने समेत दाउमा रहको सुनाए ।

यस पटक पनि बालिका खातुनलाई खुकुरी प्रहार गरेको र घाइते खातुनलाई सुरजले अस्पतालमा पुर्याएको बताए ।

साहले समाजमा जुनबेला पनि घटना घटाउन सक्ने र साहमाथि कानुनी कारवाही हुनुपर्ने उनले बताए ।

साहलाई हिजो राती मेडिकल जाँच गरि प्रहरीको निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक माधव काफ्लेले बताएका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?