Logo

सप्तरीको बोदे बरसाईनमा आगलागी हुँदा एक बालकको मृत्यु 

                     
Logo २ बैशाख २०७९, शुक्रबार १८:४८    

२ बैशाख , बैशाख  ।

सप्तरीको बोदे बरसाईन नगरपालिकाको मरैैयामा आज दिउँसो आगलागी हुँदा एक जना बालकको जलेर मृत्यु भएको छ ।

स्थानीय शत्रुधन यादवका पाँच वर्षीय छोरा शैलेशको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यादवको घरबाट अचानक शुरु भएको आगलागीमा परेर उनका ५ वर्षीय छोरा शैलेश कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।  आगलागीको बेला शैलेश घर भित्रै फसेको र परिवारका मान्छेलाई सो बारे जानकारी नभएकोले जलेर मृत्यु भएको स्थानीयले जनाएको छ ।

आगलागीमा गोठघर र त्यसभित्र रहेका सरसामान पूर्णरुपमा जलेको छ । आगो लागेको हल्ला हुनासाथ गोठतिर गएका बालकको जलेर मृत्यु भएको डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार बाँसको टाटी, जस्तापाता र लेस्टरले छाएको घर र सरसामान जल्दा १२ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

शत्रुधनको घरबाट सुरु भएको आगो छिमेकी रघु नन्दन यादव र जागेश्वर यादवको घरमा समेत सल्केको थियो । रघु नन्दनको एउटा घर र जोगेश्वरको पक्की घरको झ्याल जलेको छ । ती घरहरूमा रहेका सम्पूर्ण सरसामान जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगो सुरक्षाकर्मी र स्थानीयले निभाएका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?