३, बैशाख कञ्चनरूप ।


वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एकीकृत समाजवादीबाट कञ्चनरूप नगरपालिका मेयरको उम्मेदवारका लागि ४ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ ।
शनिवार (आज) बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटीमा पठाइएको नेकपा एस कञ्चनरूप अध्यक्ष विष्णु देव चौधरीले जानकारी दिए ।

कञ्चनरूपका मेयर पदका लागि प्रकाश खतिवडा, उषा पोखरेल ,विष्णुदेव चौधरी र पुरुषोत्तम चौधरीको नाम सिफारिस गरेको अध्यक्ष चौधरीले बताए ।
मेयर पदका आकांक्षी प्रकाश खतिवडा नेकपा एस प्रचार प्रसार विभागका केन्द्रिय सचिव हुन । उषा पोखरेल अनेमसंघ समाजवादी केन्द्रीय उपाध्यक्ष तथा नेकपा एस केन्द्रिय सदस्य हुन ।
यस्तै पुरुषोत्तम चौधरी नेकपा एस समर्थित जनजाति महासङ्घ केन्द्रिय सदस्य हुन भने विष्णुदेव चौधरी नगर कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य हुन ।
त्यस्तै उप मेयर पदको लागि रम्भा साह र गीता चौधरीको नाम सिफारिस गरेको छ । त्यस्तै उप मेयर पदको लागि रम्भा साह नेकपा एस मधेश प्रदेश कमिटी सदस्य हुन भने गीता चौधरी नेकपा एस कञ्चनरूप नगर कमिटी सचिवालय सदस्य हुन ।













