५, बैशाख कञ्चनरूप ।


वैशाख ३० को स्थानीय चुनावका लागि नेकपा एकीकृत समाजवादीबाट खड्क नगरपालिका मेयरको उम्मेदवारका लागि ३ जना र उपमेयर पदको लागि २ जनाको नाम सिफारिस गरिएको छ ।
आइतबार बसेको नगर कमिटीको बैठकले आकांक्षी सबैजनाको नाम जिल्ला कमिटीमा पठाइएको नेकपा एस जिल्ला कमिटी सचिवालय सदस्य देवकान्त चौधरीले जानकारी दिए ।

खड्कका मेयर पदका लागि पृथ्वी चन्द चौधरी, शत्रुधन प्रसाद साह आजाद र सूर्य नारायण मण्डलको नाम सिफारिस गरेको चौधरीले बताए ।
त्यस्तै उप मेयर पदको लागि सलिता कुमारी सदा र मञ्जु कुमारी आजादको नाम सिफारिस गरेको छ ।












