६ वैशाख, कञ्चनरूप।


सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव जनता समाजवादी पार्टी (जसपा) छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
मंगलबार कांग्रेसको राजविराजस्थित कार्यालयमा यादवलाई कांग्रेस केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह लगायतले पार्टी प्रवेश गराए ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) मा प्रदेश समिति सदस्य थिए ।
कार्यक्रममा महादेवा गाउँपालिका ३ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाअध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सुदर्शन सिंह पनि कांग्रेसमा प्रवेश गरेको जिल्ला उपसभापति रामकुमार यादवले जानकारी दिए ।
कार्यक्रम मा नेपाली काङ्ग्रेस का केन्द्रिय सदस्य दिनेश यादव र जिल्ला सभापति रामदेव साह ,उप सभापति रामकुमार यादव ,जिल्ला सचिव सन्त मण्डल,प्रभु चौधरी , नन्दकिशोर यादव सहित को उपस्थिति रहेको थियो ।












