Logo

सप्तरीको खडक नगरपालिकामा नेकपा एस र नेकपा माओवादी  बीच चुनावी गठबन्धन

                     
Logo ८ बैशाख २०७९, बिहीबार १२:५९    

८ वैशाख कञ्चनरूप ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) ले सप्तरी को खडक नगरपालिकामा चुनावी गठबन्धन गरेका छन् । नगर प्रमुख नेकपा (माओवादी केन्द्र) लाई र उपप्रमुख नेकपा ( एकीकृत समाजवादी)लाई दिने गरी उनीहरूले तालमेल गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खडक नगर कमिटी अध्यक्ष जय प्रकाश चौधरी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी ) का नगर अध्यक्ष विजय कुमार साहद्वारा जारी संयुक्त विज्ञप्तिमा नगरपालिकालाई सही दिशा, नीति र सक्षम नेतृत्व प्रदान गर्न दुवै पार्टीले नगरपालिकाको वडाहरूमा समेत तालमेल गरी जाने सहमति भएको जनाएको छ ।

सहमति अनुसार नेकपा (माओवादी केन्द्र)बाट वडा नम्बर १, २, ६,र ८  तथा नेकपा (एकीकृत समाजवादी)ले वडा नम्बर ४, ५, ७, १० र ११ मा वडा अध्यक्षको उम्मेदवारी दिने निर्णय भएको छ । भने वडा नम्बर ३ र ९ मा  छुट्टा – छुट्टै उम्मेदवारी दिने निर्णय भएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?