Logo

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

                     
Logo १० बैशाख २०७९, शनिबार ०९:३९    

१० बैशाख ,राजविराज।

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

सप्तरीको राजगढ गाउँपालिका –५ मलेकपुरको हुलाकी सडक खण्डअन्तर्गत भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिदा हनुमाननगर कङ्कालिनी नगरपालिका –३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जित यादवको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

 


लोकप्रिय छुटाउनुभयो कि ?