१० बैशाख ,राजविराज।


सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
बलान विहुल गाउँपालिकामावडा नम्बर ५ मा पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बलान विहुल गाउँपालिकामावडा नम्बर ५ बस्ने रविन्द्र यादवको ६ वर्षीया छोरी अनुषा कुमारी यादवको डुबेर मृत्यु भएको सप्तरी जनाएको छ ।













