Logo

कांग्रेस कञ्चनरूपको घोषणापत्र सार्वजनिक (भिडियोे सहित )
महिलालाई निःशुल्क सेनेटरी प्याड र जंगली जनावरको आक्रमणलाई रोकथाम 

                     
Logo १९ बैशाख २०७९, सोमबार २०:५५    

कांग्रेस कञ्चनरूपको घोषणापत्र सार्वजनिक महिलालाई निःशुल्क सेनेटरी प्याड र जंगली जनावरको आक्रमणलाई रोकथाम

१९ वैशाख, कञ्चनरूप।

सप्तरीको कञ्चनरूप नगरपालिकामा नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

सोमबार आदर्श टोलमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाली कांग्रेसबाट नगरपालिकाको मेयर उम्मेदवार ललन गुप्ताले चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।

कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रमा नगरपालिकाका सबै महिलालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने उल्लेख छ । सेनेटरी प्याडको उद्योग समेत सञ्चालन गरी महिला स्वास्थ्य स्वयं सेविकालाई आयआर्जनमा निर्भर बनाउने, गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने, गर्भवती तथा सुत्केरी महिलालाई मासिक पोषण भत्ता उपलब्ध गराउने उल्लेख छ ।

सडकका प्रत्येक चोकमा सोलार बत्ती जडान गर्ने, सीटीईटीभी क्यामेरा जडान गर्ने, फ्री वाइफाइ जडान गर्ने, उच्च शिक्षाका लागि उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने, दलित समुदायको उच्च शिक्षामा पहुँच पुर्‍याउन विशेष योजना ल्याउने उल्लेख छ । एक वर्षभित्रमा दुई वटा उद्योग स्थापना गर्नेगरी रोजगारी सृजना, सीपमूलक तालिमको आयोजना गर्ने समेत उल्लेख छ ।

त्यस्तै, कृषि क्षेत्रमा ‘किसान वर्गको लागि कृषि सम्बन्धी आयमूलक, सेवामुलक तालिम तथा बिउ विजनको खाद्य मल  आदिको समय सिमा भित्र व्यवस्था गर्ने, आवश्यकता अनुसार हरेक वर्ष सबै वडाहरूमा समरसेल (बोरिङ) प्रदान गर्ने, स्मार्ट सिटीको सेवामुलक तालिम प्रदान गरि व्यवस्थापन गर्ने साथै कोशी टप्पुका जंगली जनावरको आक्रमणलाई रोकथाम गरिने’ प्रतिबद्धता उनले गरेका छन् ।

त्यस्तै, उनले पूर्वाधारमा ‘उज्यालो कञ्चनपुरको अनुरूप प्रत्येक टोलटोल जोडिने सडकहरूमा सोलार प्रविधिको माध्यमबाट सडक वती जडान गरिने, नपा भित्र सेवा सुविधा सम्पन्न बसपार्क निर्माणको पहल गर्ने’ जस्ता प्रतिबद्धता समेत गरेका छन् ।  

                                                                घोषणापत्र,

शिक्षा

१) हाल भएका विद्यालयहरूलाई प्राविधिक ढङ्गले स्तरोन्नति गरी सञ्चालनमा ल्याइले छ ।

२) शिक्षण लगानी वृद्धि गरिनेछ ।

३) शिक्षकहरूको लागि आवश्यक तालिमको व्यवस्था गरिनेछ ।

४) प्रत्येक विद्यालयमा कम्प्युटर प्रयोगशालाको स्थापना गरिने छ।

५) अभिभावक र शिक्षक बिच प्रत्येक ६र६ महिनामा अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

६) प्राविधिक शिक्षाको पहुँच विद्यार्थीहरूमा पुर्याउन CTVT का Staff Nures,Overseer,H.A आदि सीपमूलक शिक्षा     कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

७) यस न।पा भित्रका उत्कृष्ट  विद्यार्थीहरूलाई उच्च शिक्षा पठनका लागी छात्रवृति प्रदान गरिनेछ ।

८) दलित समुदायको उच्च शिक्षामा पहुँच पुर्याउनका लागि विशेष योजना ल्याइनेछ ।

९) दलित महाविद्यालय का लागि केन्द्रिय सरकार सँग समन्वय गरी स्थापनाका नागी पहल गरिनेछ ।

१) महिलाहरूका लागि शिक्षा भन्ने नारालाई प्राथमिकता मा राख्दै विशेष योजनाहरू बनाइनेछ ।

११) यस न।पा। भित्र सबै सार्वजनिक विद्यालयहरू मा कक्षा १ बाटै अंग्रेजी  माध्यमबाट पठन पाठन को व्यवस्था गरिनेछ ।

१२) बालबालिकाहरूका कला र सीप विकासका लागी समय समयमा विभिन्न कार्यक्रमहरू ९ डान्स, वादविवाद, हाजिरजवाफ

खेलकुद आदि प्रतियोगिता आयोजना गरिनेछ।

स्वास्थ्य

१) गरिब, विपन्न, ज्येष्ठ नागरिक  तथा महिला स्वास्थ्य स्वयं सेविका परिवारलाई निःशुल्क स्वास्थ्य बिमाको

ब्यवस्था कम ल्याइनेछ ।

२) दीर्घ रोगबाट पीडित तथा नसर्ने रोगबाट ताडित बिरामी सँग मेयर कार्यक्रम सञ्चालनका ल्याउँनुको  साथै जीवन

निर्वाह गर्ने मासिक भत्ता तथा सुगर र प्रेसरको बिरामीलाई निःशुल्क उपचार र औषधीको ब्यवस्था मिलाइनेछ ।

)३) नगरपालिका अन्तर्रगतका सबै स्वास्थ्य संस्थाहरूमा प्रयोगशाला सेवा सञ्चालनमा ल्याइनेछ ।

४) प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरलाई ५० बेडको अस्पतालमा स्तरोन्नति गरी अपरेशन सेवा सहित विशेषज्ञ सेवा

सञ्चालनमा ल्याइनेछ ।

५) महिनाबारी प्याड ९ स्यानिटरी  प्याडको ०   उद्योग सञ्चालन गरी महिला स्वास्थ्य स्वयं सेविकाको आय आर्जनका पूर्ण

निर्भर बनाई नगर भरिको सबै महिलाहरूको लागी निःशुल्क महिनाबारी प्याडको ब्यवस्था मिलाइनेछ ।

६) सबै वडामा एम्बुलेन्सको ब्यवस्था मिलाई गर्भवती, सुत्केरी तथा गरिब विपन्न परिवारको लागी निःशुल्क

महिनावारी प्याडको  ब्यवस्था मिलाइनेछ।

७) गर्भवती तथा सुत्केरी महिलाहरूको लागी निःशुल्क एक्स रे सेवा सञ्चालनमा ल्याइनेछ ।

८,) गर्भवती तथा सुत्केरी महिला  सँग मेयर कार्यक्रम सञ्चालन गरी गर्भवती तथा सुत्केरी महिलाहरूलाई

मासिक पोषण भत्ता उपलब्ध गराइनेछ ।

९) नगरपालिका अन्तर्गतको सबै स्वास्थ्य संस्थाहरूमा  बथिङ्गसेन्टर सञ्चालनमा ल्याइनेछ साथै हाल सञ्चालनमा

रहेको सबै बथिङ्ग सेन्टरमा ज्ञण्डडछ डाक्टरहरूको व्यवस्था मिलाइनेछ ।

कञ्चनपुर अस्पतालमा ब्लड बैंकक मानसिक परामर्श सेवाको साथै कुपोषण भएको बालबालिकाको लागी पोषण

केन्द्र सन्तुलनमा ल्यार्डनेछ।

११। महिला स्वास्थ्य स्वयंसेबिकहरुको मासिक भत्ता दोब्बर गरिनेछ ।

कृषि क्षेत्र

१) किसान वर्गको लागी कृषि सम्बन्घित आयमूलक, सेवामुलक तालिम तथा बिउ विजनको खाद मल आदिको समय सिमा भित्र

व्यवस्था गर्ने ।

२) आवश्यकता अनुसार हरेक वर्ष सबै वडाहरूमा समरसेल ९बोरिङ्ग० प्रदान गरिने ।

३) स्मार्ट कृषिको तालिम प्रदान गरि व्यवस्थापन गर्ने साथै कोशी टप्पु का जंगली जनावर को आक्रमणलाई रोकथाम गरिने।

४) जंगली जनावरबाट कृषि, वाली नष्ट भएका   किसानहरूलाई विशेष क्षतिपुर्ती को व्यवस्था गरिने र जंगली जनावर आतंक रोकन

विषेश प्रविधि प्रयोग गरिने।

५) कृषि व्यवसाय सम्बन्धी सिफारिसहरूमा हाल कायल रहेको शुल्क लाई घटाई न्यूनतम शुल्क तोकिने छ ।

७)  सिँचाइको व्यवस्था नभएको ठाउँमा सिँचाइको प्रबन्ध गरिने छ ।

८) यस नगरपालिका भित्र आवश्यकता अनुसार कृषि मण्डी तथा बिउ बिजन गोदाम स्थापना गरिने छ ।

पूर्वाधार

१) उज्यालो कञ्चनरूपको अनुरूप  प्रत्येक टोल टोल जोडिने सडकहरूमा सोलार प्रविधिको माध्यमबाट सडक वती जडान गरिनेछ ।

२) स्मार्ट सिटी डिजिटल न।पा। अवधारणा अनुरूप यस न।पा। भित्रका मुख्य चोकहरूमा CCTV CAMERA ,fREE wifi जडान गरिनेछ ।

३) कञ्चनरूप न।पा। भित्र सेवा ९ सुविधा युक्त बसपार्क निर्माणको पहल गरिनेछ ।

४) सुन्दर, सफा र स्वछ वातावरणको अवधारणालाई कार्यन्वयन गर्नका लागि न।पा। भित्र सरसफाइ सम्बन्धी विशेष योजना ल्याउनेछ ।

५) यस नं।पां भित्र बालबालिका, ज्येष्ठ नागरिक लगायतको नगरवासीका लागि सेवा सम्पन्न युक्त पार्क निर्माण गरिनेछ ।

६) हाल न।पा। भित्र रहेका खेलकुद रङ्गशालाका योजनाहरूलाई यथाशीघ्र निर्माण गरि सञ्चालनमा ल्याई विशेषज्ञहरू द्वारा

उच्च प्रशिक्षणको ब्यवस्था गरिने छ।

७) योग शिविर निर्माणका लागि विशेष पहल गरिनेछ ।

८) प्रत्येक चोकहरुमा शुद्ध खानेपानी को व्यवस्था गरिनेछ ।

९) आस्था अनुसार मठ मन्दिर, मस्जिद चर्च प्रार्थनागृह निर्माण गरिनुको साथै धर्मिक स्थल, पर्यटन स्थलहरूको जिर्णोद्धार तथा  संरक्षण गर्ने ।

१०) विपदको व्यवस्थापनको लागी न।पा। र स्थानीय बासिन्दा को समन्वयमा विपद कोष को स्थापना गरिनेछ ।

११) सबै वडा, टोल जोडने पक्की सडक, ढल तथा कलभर्ट गुणस्तरीय तरिकाले निर्माण गरिनेछ साथै समय समयमा मर्मत

सम्भारमा  विशेष ध्यान दिइनेछ ।

अन्य योजनाहरू

१) प्रत्येक वर्ष वडामा स्तरीय मेयर कप सञ्चालन गरिले छ ।

२) हाल कायम रहेका जन्म दर्ता शुल्क, मृत्यु दर्ता शुल्क, चार किल्ला शुल्क, जग्गा कर, आदि  रहेको शुल्क घटाउदै न्यून शुल्क तोकिने छ ।

३) यस न।पा। मा १,बर्ष भित्र दुई वटा उद्योग स्थापना गर्ने गरी रोजगारी सिर्जना गर्ने साथै छज्ञछ ुनया ब्यवसाय गर्नेहरुलाई विशेष सहुलियत प्रदान

गरिने छ ।

४) नगरवासीहरुलाई सीपमुलक तालिम प्रदान गरि रोजगारी समेलको शुन्चितका लागी पहल गरिनेछ।

५) वेरोजजारहरुको हकमा शुञ्चित्ता गर्नका लागि शिप र शिक्षा अनुसार विशेष योजना ल्याइनेछ ।

६) आगलागी जस्ता घटनाहरुको रोकथामका लागि एक वडा, एक पानी दमकल” को व्यवस्था जरिने छ ।

७) नगरपालिका भित्र नगर बस सेवा सञ्चालनमा ल्याई न्यूनतम शुल्कमा  बस सेवा प्रदान गरिनेछ ।

https://www.youtube.com/watch?v=vc-6nmr1oQk


लोकप्रिय छुटाउनुभयो कि ?