Logo

बन्दुक देखाएर सप्तरीको सुरुङ्गामा लाखौको लुटपाट

                     
Logo १६ बैशाख २०७९, शुक्रबार १४:५५    

१६ वैशाख कञ्चनरूप

सप्तरीको सुरुङ्गा नगरपालिकामा शुक्रवार विहान बन्दुक देखाएर लाखौंको लुटपाट भएको छ ।

बिहान पख करिब २ बजेको समयमा वडा नम्वर ७ स्थित मिथिलेश मिश्रको घरबाट ५० लाख मूल्य बराबरको गरगहना लुटेर लगेका छन् ।

घरमा मिश्रको छोरा बुहारी र बच्चा सुतिरहेको अवस्थामा डाकाहरुले खुकुरी, बन्दुक देखाएर सुन चाँदीको गरगहना लुटेर लगेको इलाका प्रहरी कार्यालय कडरवोनाका प्रहरी निरीक्षक बालिस्टर सिंहले जानकारी दिए ।

‘मास्क तथा कपडाले मुख छोपी खुकुरी र बन्दुक जस्तै देखिने हतियार देखाएर ६।७ जनाको नकावधारी समूहले सुन चाँदीका गहना लुटेर लगेको छ’ सिंहले भने । डकैतीबारे प्रहरीले अनुसन्धान गरी रहेको इलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ ।

यता पीडित परिवारजनले भने करिब ५० लाख रुपैयाँ बराबरको नगद र गरगहना लुटेर लगेको दाबी गरेका छन् ।

यता स्थानीहरू सुरुङ्गाको यो घट्नाले स्थानीय तहको निर्वाचनको बेला सुरक्षा चुनौती थपिएको बताउँछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?