Logo

फोहर बटुलेर मोहर कमाउने गरीबीको कथा
प्लास्टिक पाइप उद्योग स्थापना भए पछि गरिबको घरमा चुल्हो बल्न थाल्यो

                     
Logo १४ बैशाख २०७९, बुधबार १०:०५    

सुधा देव , राजविराज/सप्तरी

सप्तरीको राजविराज नगरपालिका ४ कि ४५ वर्षीया सकिना खातुनलाई यतिबेला भ्याइ ननभ्याई छ। चुल्हो चौकामा सीमित रहने सकिनाले १ वर्ष अघि फोहोरमा मोहर कमाउन सक्ने जानकारी पाएपछि खाना पकाएर दिनहुँ फोहोरमा होमिन्छिन्।

राजविराज बजारमा फालिएको प्लास्टिक बटुलेर बेच्न थालेपछि दिनकै ५ सयभन्दा बढी आम्दानी गर्न थालेको उनी बताउँछिन्।

उनी भन्छिन्, पहिले काम थिएन। कहिले पेटभरि खाईन्थ्यो। कहिले भोकभोकै बस्नु पर्थ्यो। अहिले भ्याइनभ्याई छ। भोकभोकै बस्नु परेको छैन्।

सोही ठाउँका कलिम मियाँका परिवारले पहिले एक दिनमा एक छाक मात्रै खान पाउँथे। गरिबीका कारण प्राय एकछाक भोकभोकै बस्नुपर्ने बाध्यता थियो ।फोहर बटुलेर मोहर कमाउन थालेपछि त्यो समस्या हटेको छ।

राजविराज १ कि ३० वर्षीया बविता राम पनि आफ्ना दुई छोराछोरी, श्रीमान सहित प्लास्टिकको झोला, डब्बा फोहरबाट सडकबाट टिप्दै बोरामा राख्दै गरेको अवस्थामा राजविराज बजारमा भेटिइन्।

उनले भनिन्, पहिले हामीलाई दुई छाक हातमुख जोर्न समस्या थियो ।फोहोरबाट प्लास्टिक उठाएकै कारण अहिले हामीलाई सजिलै खान पुगेको छ।

घरमा कोही नभएकोले छोराछोरी पनि सँगै आउँछन्। यिनीहरूले पनि हाम्रो काममा सघाउने गरेको बबिताको भनाई छ। उनले फोहरबाट बटुलेको प्लास्टिकको झोला र डब्बाबाट दैनिक ५ सय देखि ६ सय रुपैयाँ आम्दानी गर्दै आएकी छिन्।

बबिताले भनिन, कवाडीबाला ले हामीसँग प्रतिकेजी २० रुपैयाँको दरले प्लास्टिक किन्ने गरेको छ। हामी श्रीमान, श्रीमती  नै यो काम व्यस्त हुनाले दैनिक २५ देखि ३० केजी प्लास्टिक  बटुल्दै आएका छौं।

अहिले यिनीहरू मात्र नभएर राजविराज बजार लगायत जिल्लाको विभिन्न ठाउँमा फालिएको प्लास्टिकको झोला, डब्बा, बोतल लगायत प्लास्टिकको सामाग्री टिप्दै जम्मा पार्ने व्यक्तिहरू जताततै भेटिने गरेको सप्तरी युथका कोषाध्यक्ष विष्णु यादवले बताए ।

जिल्लाको एकमात्र औँद्योगिक क्षेत्रमा कोसी पोलिमर्स उद्योगमा फालिएको प्लास्टिक प्रयोग गरेर पाइप बनाउन थालेपछि उनीहरूले काम पाएर राम्रो आम्दानी गर्न थालेका हुन्।

जिल्लामा प्लास्टिकको पाइप बनाउने उद्योग खुलेसँगै निम्नस्तर, विपन्न परिवारले रोजगारी पाएका उनीहरूलाई जिविकोपार्जन गर्न सहज भएको स्थानीयले बताए।

राजविराज नगरपालिका वडा नं ६ बस्ने नरेश कुमार चौधरीले भने, यो उद्योग सञ्चालन हुनुभन्दा पहिले जिल्लाको नाला, सडक,सार्वजनिक ठाउँ लगायतका स्थानमा प्लास्टिकको झोला र प्लास्टिकको बोतलले जताततै फोहरै फोहर देखिन्थ्यो। 

नालाहरूमा प्लास्टिकको झोला बोतल भरिएर जाम हुन्थ्यो ।सडकमा समेत प्लास्टिक जताततै फालेपछि फोहर देखिन्थ्यो । पहिले जस्तो अहिले प्लास्टिक जिल्लामा देखिन छोडेको चौधरीको भनाई रहेको छ।

प्लास्टिकले नाला जाम भएर जिल्लामा बाढी आउने समस्या पनि बिस्तारै सुधार हुँदै आएको राजविराज नगरपालिका वडा नं २ का युवा नेता चंदन यादवले बताए।

उनले भने, बोतल, झोला, डब्बा लगायत प्लास्टिकबाट बनाईएको सामाग्री फाल्ने ब्यक्तिको कमि भएको होईन्।

फोहरबाट प्लास्टिक निर्मित सामाग्री बटुल्नेको संख्या राजविराजमा बढेपछि फालिएको प्लास्टिकबाट जिल्लावासीले वर्षौंदेखि भोग्दै आउनुपरेको समस्याको न्युनिकरण भएको यादवको भनाइ रहेको छ।

एक जनाले दैनिक १५ देखि ३० केजी प्लास्टिक बटुलेर कबाडीमा बेच्ने र कबाडीबाट सप्तरीको रूपनी गाउँपालिका स्थित अौधोगिक क्षेत्रमा संचालित कोसी पोलिमर्स उद्योगले प्लास्टिकको स्तर अनुसार प्रतिकेजी २० देखि ५० रुपैयाँ  केजीको दरले किन्दै आएको राजविराज ६ मा कवाडी सञ्चालन गर्दै आएका अमोद देवले बताए।

यो उद्योग २०७४ मा खुलेपछि वेस्ट भएको प्लास्टिक किन बेचका लागि राजविराज बजारमा पाँच वटा नयाँ कवाडी खुलेको उद्योग संचालक रमेश यादवले बताए।

उनले भने,झ यो उद्योगमा २३ जना कर्मचारी कार्यरत छन्।प्रत्येक कवाडीमा कम्तिमा २ जनाका दरले कामदार छन् ।दैनिक एउटा कवाडीमा १० देखि १२ जनाले काम न लाग्ने फालिरहेको प्लास्टिक बटुलेर दैनिक जम्मा गरेर किलोको दरले कवाडीमा बेच्ने गरेका छन्।

दैनिक ५० देखि ६० जनाले प्लास्टिकको झोला,डब्बा बटुल्ने र यही हाराहारीमा प्लास्टिकको फालिएको बोतल बटुल्नेहरूको संख्या रहेको छ।कवाडीमा आएको प्लास्टिकको बोतल भने प्लास्टिकको पाईपमा प्रयोग नहुने भएपछि बाहिरको जिल्लामा सप्लाइ हुँदै आएको रमेशको भनाइ रहेको छ।

उनले भने,ञ मेरो उद्योगमा  दिनको ५ सय देखि ६ सय  केजी प्लास्टिक खपत हुँदै आएको छ।यसबाट उत्पादन भएको पाइप कल गाड्न,बोरिङ गाडदा,ढल निकास गर्न तथा धाराका लागि प्रयोग हुँदै आएको छ।उनले यो उद्योगबाट बार्षको १० देखि १२ लाख आम्दानी गर्दै आएका छन्।

यसरी फालिएको प्लास्टिकबाट बनाईने पाईपको उद्योग  खुलेपछि जिल्लाका सय भन्दा बढी महिला पुरूषले फोहोरबाट मोहर कमाएर जिविको पार्जन गर्न सहज भएको औंद्यौगिक क्षेत्र सप्तरीका कार्यालय प्रमुख केशव पराजुलीले बताए।

उनले भने,झफालिएको प्लास्टिकबाट पाइप बनाउँने उद्योग खुलेपछि हरेक दृष्टिकोणले सप्तरीवासीलाई फाईदा भएको छ।ञ

यश अघि यस्तै पाइप बनाउने उद्योग त्यही ठाउँमा सप्तरीका एक व्यापारीले संचालन गरेपनि  माओवादी द्वन्द्व कालमा बन्द भएपछि २०७४ सालमा सप्तरीका रमेश यादवले त्यहीँ उद्योगलाई पुनः संचालनमा ल्याएक‍ो औंधोगिक क्षेत्रका कार्यालयका कार्यालय प्रमुख पराजुलीको भनाइ रहेको छ।

फालिएको प्लास्टिकका कारण जिल्लावासीले भोग्दै आएको समस्यालाई जिल्लामा संचालित एकमात्रै उद्योगले पनि धेरै मात्रामा न्युनिकरण गरेको स्थानीयहरूको भनाई रहेको छ। 


लोकप्रिय छुटाउनुभयो कि ?