Logo

सप्तरीको बोदेबर्साइनमा ट्रयाक्टर पल्टिँदा युवकको मृत्यु

                     
Logo २५ बैशाख २०७९, आईतवार १६:५७    

२५ बैशाख कञ्चनरूप ।

सप्तरीको बोदेबर्साइन नगरपालिकाको मानराजामा ट्रयाक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ ।

मुसहरी टोलमा भित्री खेतमा जाने क्रममा ट्रयाक्टर पल्टिँदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार सकेर फर्किने क्रममा खेतको बाटोमा प्र.२–०१–००१ त। २००१ नम्बरको ट्रयाक्टर आफै अनियन्त्रित भई पोखरीमा पल्टिंदा ट्रयाक्टर चालक १९ वर्षीय स्थानीय शिव पौदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

ट्रयाक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव काफ्लेले बताए । 


लोकप्रिय छुटाउनुभयो कि ?