विरेन्द्र साह


२६ वैशाख , राजविराज ।
मुलुक यतिबेला स्थानीय तहको निर्वाचनमा लागेको छ तर नेपालीकै सप्तरी जिल्लाको राजगढ गाउँपालिकाको एक मुसहर बस्तीमा चुनावको कुनै रौनकता छैनन् । मुसहर बस्तीमा चुनावको माहोल छाउन नसकेको कारण हो उनीहरूको गरिबी । हिलाम्मे र सांघुरो बाटो , निबस्त्र बालबालिका ,त्रिपाल मुनिको यी त्यहाँका पृष्टभुमि अवस्थाले गाँजेको छ ती मसुरी बस्तीलाई । राजगढ गाउँपालिकाको वडा न १ झुटकिको सदा टोल हो । २० घरपरिवार बसोबास रहेको उक्त बस्तीमा स्थानीय सरकारले गरिब विपन्नका लागि कुनै पनि तवरबाट लगानी नगरिदिएको खण्डमा उनीहरू निर्वाचन देखि बेखबर बनेको हो दैनिक ज्यालादारीले जीवन निवाह गरिरहेका उक्त बस्तीमा साँझ बिहानको एक छाक खानाको लागि उनीहरू सङ्घर्षरत छ उनीहरूले । बस्तीको बिचमा बतिसलाल मनोज, प्रकाश,सुरेन्द्र ,सन्तोष पाँच दाजुभाइको घर छ । घरको वरिपरि फोहरको थुप्रै अनि छाना बिहिन घर टुटेको टाटिमा उनिहरु बसोबाँस छ । स्थानीय बतिसलाल सदाले भन्नुभो हजुर मेरो घरको हालत हेर्नुहोस् घरमा छाना छैन ,टाटफरक टुटेको छ हामिले एकछाक खानका लागि ज्यालादारी गर्न जाने हो कि रु नेताको पछि पछि कुद्दा हाम्रा बाल बच्चन के खान्छ र कुदनु । चुनाव हुनछ तर के कालागि चुनाव हुदैछ त्यसबारे जानकारी छैन ।

सरकारले गाउँ गाउँमा सिंहदरबार ल्याएपनि गरिव दलितका लागि होइन रहेछ स्थानीय मनोज सदाले भन्नुभो । सरकारले खरको छाना उन्मूलन गरिने परिपत्र गरि बजेट पठाएपनि उनिहरुले छानामा लगाएको त्रिपाल र इलास्टिकले छोपिरहने । गाउँपालिकाले संघिय सरकारबाट आएको जस्तापाता लिननसक्नु कारण हो लाभग्रहिको संख्या बढिले छुटेको राजगढ गाउँपालिकाको सुचना अधिकृत चन्द्रकिशोर यादवका अनुसार उक्त बस्ती कसैको नम्वरी रहेकाले जस्तापाता नदिएको कथन छ ।
समानय वर्षामा ओतलाग्ने ठाउँ छैन , झन चिसोयाममा के हालत होला । बतिसलाल सदाको पारिवारिक अवस्था निकै कमजोर छ । स्थानीय सरकारले गरिव विपन्नका लागि लयाइएको जनता आवास कार्यक्रम यिनीहरूलाई नदिनु विडम्बना हो । उनिहरुको बसोबास गरिने राम्रो घर छैन कसरी यो महँगो दैनिकमा नेताका पछि जाने होला । उममेदवार साहले भने यी स्थानीय छोटे सरकारले बतिसलाल सदाको परिवारप्रति कुनै पहल नगरिनु दुखद पक्ष हो । जनताको दुखसुखमा किसिमकिसिमले सहयोग नहुनु स्थानीय सरकार गरिवदलितप्रति विभेद गरेको उक्त बस्तीमा भोट माग्न पुगेका जनमत पार्टी मेयरका उममेदवार अशोक साह तर्क गर्नुभो ।












