कञ्चनरूप, ८ जेठ ।


सप्तरीको कञ्चनरूप नगरपालिकाका नवनिर्वाचित नवनिर्वाचित उपप्रमुख सहित १२ वटै वडाका जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । नगरपालिकाद्वारा आइतबार आयोजित एक समारोहका बीच उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले शपथ ग्रहण गरेका हुन् ।
नवनिर्वाचित नगर प्रमुख ललन प्रसाद गुप्ताले बिहान सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवाली बाट सपथ ग्रहण गरेका थिए । त्यसपछि नगर प्रमुख गुप्ताले नवनिर्वाचित उपप्रमुख मुनाकुमारी पोखरेल तथा कञ्चनरूप नगरपालिकाका १२ वटै वडाका जनप्रतिनिधिहरूलाई शपथ ग्रहण गराएका हुन ।

कञ्चनरूप नगरपालिकाको मेयरमा नव निर्वाचित गुप्ताले जनताको एक मिनेट खेर नफाली काम गर्न सम्पूर्ण जनप्रतिनिधीमा आह्वान गरेका छन् ।
कार्यक्रममा जनप्रतिनिधिहरूलाई पद तथा गोपनियताको सपथ खुवाउँदै मेयर गुप्ताले आज देखि आफूहरूको जिम्मेवारी बढेको र आफूबाट जनताले अपेक्षा गरे अनुरूप काम गरेर देखाउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।
शपथ ग्रहण गरेका वडाध्यक्षहरूमा वडा नम्बर १ का रब्बान खान, वडा नम्बर २ का मेहदी हुसेन, वडा नम्बर ३ का गुल्टेन चौधरी, वडा नम्बर ४ का जोगेन्द्र पासवान, वडा नम्बर ५ का कैलाशकुमार साह, वडा नम्बर ६ का बच्चुलाल चौधरी, वडा नम्बर ७ का समानन्द चौधरी, वडा नम्बर ८ का
कृष्णप्रसाद साह , वडा नम्बर ९ का राम सुन्दर यादव, वडा नम्बर १० का दामोदर खड्गा, वडा नम्बर ११ का ललित गोजेवार र वडा नम्बर १२ का देवी बहादुर खत्री सहित १२ वटा समपूर्ण नवनिर्वाचित वडा सदस्यहरुरहेका छन ।












