बिरेन्द्र साह


सप्तरी राजगढ गाउँपालिका एउटा छुट्टै पहिचानले परिचित छ । राष्ट्रिय राजनीतिकमा सधै छुट्टै पहिचान बोकेको राजगढमा कांग्रेसको गढ मानिन्थ्यो तर पहिलो पटक यश गाउँपालिकामा नेपाली कम्युनिस्ट पार्टी एमाले सत्ता कब्जा जमाएको अवस्था छ । जनता समाजवादी पार्टी र नेपाली कांग्रेसको गढमा एमालेले आफ्ना झण्डा गाडिएकोमा एमाले पार्टीका लागि त्यति सजिलो भने छैन । ६ वटा रहेको राजगढमा चरम गरिबी, अशिक्षा ,बेरोजगारी ,युवा दुवेशन, भद्रगोल स्वास्थ्य संस्था ,हिलाम्मे र धुलाम्य बाटोघाटो , सिचाइ सुविधा र उन्नत बिउबिजन लगायत समस्याबाट ग्रसित राजगढमा नयाँ नेतृत्वमा केही आशाका किरण देखिएर यहाँका जनताले फरक दललाई चुनेको हो । गाउँपालिका अध्यक्ष एमाले र गाउँपालिका उपाध्यक्ष जसपा जितेको अवस्थामा यहाँका जनता जनमुखी विकास खोजेको अवस्था छ । नयाँ नेतृत्व फरक पार्टीबाट आएको भएपनि यहाँका वडा र गाउँपालिकाबाँसि जनमुखी जनप्रतिनिधि खोजेका छन् ।फरकफरक दल र फरक जातीय समुदायबाट आएको जनप्रतिनिधिले आफ्नो जातपात छोडेर काम गरेको खण्डमा एक सच्चा जनमुखी जनप्रतिनिधिको अनुभुति गर्न सकिन्छ । पटकपटक विवादमा आँउदै आएको यसअघिका जनप्रतिनिधि अबको नयाँ नेतृत्वले सच्याउन अहम् भूमिका निभाउनेछ सो कामना गर्दछु । अहिले नयाँ लाई बधाई वा कार्यकाल सफलताको शुभकामना दिनुभन्दा पहिला माथि उल्लेखित शब्दमा ध्यान दिई सुधारको बाटोमा लगाउन सकियोस् । अन्त्यमा राजगढ गाउँपालिका सप्तरीको भारतीय सिमानामा अवस्थित छ । सीमानाकामा रहेको गाउँपालिका एउटा नमुना राजगढ बन्नेमा यहाँका बासिन्दा आशा ,भरोसा गरेका छन ।जनताले दिएको म्यान्डेड अनुसार काममा ठेस पुगे जनताले अर्को चुनावमा दण्डित गरिनेछ । स्थानीय सरकार गठन पछि अबको ५ वर्ष कसैले गाँस, बाँस र कपासको लागि अकालमा मृत्युवरण गरेको समाचार नबनोस् त्यसैगरी प्रकृति प्रकोप वा दैवीप्रकोपबाट यहाँका जनताले अकालमा घरबारविहीन नबनोस् त्यसका लागि राजगढले पूर्वतयारी पूरा गरि अगाडि बढ्नुपर्दछ । आगामी ५ वर्षमा जनताको जीवनस्तर उकास्न राजगढका नेतृत्वकर्ताले ध्यान दिए हामीसँगै यहाँका जनताले बधाई ,शुभकामना दिनेछ ।












