Logo

राजगढ गाउँपालिका अध्यक्षको पहिलो निर्णय एम्बुलेन्स खरिद गर्ने 

                     
Logo १३ जेष्ठ २०७९, शुक्रबार १९:५१    

विरेन्द्र साह

१३ जेठ राजविराज ।

सप्तरीको बिकट राजगढ गाउँपालिकामा एक समारोह बिच शुक्रबार नवनिर्वाचित पदाधिकारीलाई पदस्थापन गराइएको छ ।

राजगढ गाउँपालिकाले नवनिर्वाचित गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डललाई विधिवत रुपमा पूजापाठ गराइ पदस्थापन गराइएको हो । पदभार ग्रहण गर्दै गाउँपालिका अध्यक्ष मण्डलले पहिलो निर्णय एम्बुलेन्स खरिद गरिने बताएको छ । राजगढ गाउँपालिकामा एम्बुलेन्स नहुदाँ बिरामीहरूलाई बाहिर पठाउन समस्या हुनेगरेकोले गाउँपालिकाबाँसिहरुका लागि सहजताका लागि एम्बुलेन्स खरिद गर्न लागेको जानकारी नवनिर्वाचित अध्यक्ष मण्डलले दिए ।  एम्बुलेन्स खरिद गरि त्यसलाई चलाउनका लागि कार्यविधि बनाएर गाउँपालिका बासिन्दालाई केही राहत दिनेछौं तर गाउँपालिकाका स्थानीयलाई सेवा दस्तुर कति छुट दिनेबारे केही खुलाएनन् ।

पदभार ग्रहण पछि आयोजित कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा राजगढ गाउँपालिका अध्यक्षका प्रत्यासी मुसहरु यादवले जनताको सेवामा सबै दललाई मिलाए अघि बढ्न सुझाव दिए । गाउँपालिकाको विकासलाई आन्तरिक तथा बाहिय पर्यटक ल्याउन विभिन्न पोखरी, दह तथा मठमन्दिरमा सौन्दरीयकरणमा   ध्यान दिन आग्रह गरे त्यसैगरी कृषिमा यान्त्रिकीकरणका अन्त बीउ र मलखादको समयमा व्यवस्था गरिदिन ध्यानाकर्षण गराए । अबको केही दिनपछि धान रोपाइ हुन्छ तर मलखाद नपाईरहेको अवस्थामा छिटोभन्दा छिटो मलखादको व्यवस्थामा लाग्न  आग्रह गरे । किसानका समस्या मलखाद, बिउ र सिँचाइका लागि पहलकदमी भूमिका निभाउनुहोला । हामी प्रतिपक्षमा रहेपनि राम्रो कामको तारिफ र नराम्रो  कामको आलोचना गर्छौ । यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका नेता गजेन्द्र मण्डलले राजगढ गाउँपालिकाको समग्र विकासका लागि स्थानीय स्तरबाट पञ्चवर्षीय योजना छनोट गरेर अगाडि बढ्न सुझाव दिए । राजगढ गाउँपालिकाको वडा न ६ निकै पछाडि परेको वडा हो त्यहाँ केही नेता छैन कि उनले प्रश्न गर्दै सो वडाको विकासमा ध्यान दिई एक सच्चा जनप्रतिनिधिको भूमिका निभाउनुहोला नेता मण्डलको तर्क छ । यसैगरि एक वडा एक सामुदायिक विद्यालय छनोट गरि अंग्रेजी माध्यमा पठनपाठन गराउन सुझाव दिए ।

राजगढ गाउपालिका अध्यक्ष ओमप्रकाश मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला अध्यक्ष ताराकान्त चौधरी रहेका थिए । प्रमुख अतिथि चौधरीले आफ्नो पार्टी जनमुखी विकासमा लागिने छ । म उहाँसँग बसेर आगामी योजना बनाएर गाउँपालिका कसरी चलाउने भने छिटै जनतामाझ ल्याउने प्रतिवद्धता व्यत गरे । कार्यक्रममा एमाले नेता देवनाथ यादव, पवन कुमार यादव, झुटकिका इनचार्ज सुरेन्द्र यादव, सडक बोडका डाइरेक्टर विजय झा लगायत  निर्वाचित वडा अध्यक्ष र प्रत्यासी उमेदवारहरूले शुभकामना मन्तव्य दिएका थिए ।

यद्यपि राजगढ गाउँपालिकाले शुक्रबार पदस्थापना गरिने कार्यक्रम राखेको भएपनि उपाध्यक्ष  रञ्जुदेवि यादव कार्यक्रममा उपस्थित थिएन ।त्यसैगरी काँग्रेस र जसपा निर्वाचित वडा अध्यक्षहरु कार्यक्रममा सहभागीता थिएन । राजगढ गाउँपालिकामा ३ वडा एमाले २ वटा वडा जसपा र १ वटा वडा काँग्रेसले जितेको हो ।    


लोकप्रिय छुटाउनुभयो कि ?