नर्मदेव यादव


१३ जेठ रुपनी ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १ मा आफू निर्वाचित भएर आए पछि श्रीमानलाई बिदाइ गर्दै श्रीमतीले अध्यक्ष पद भार ग्रहण गरेकी छन्।

गाउँपालिका वडा नम्बर १ मा लिला देवी यादवले आफ्ना श्रीमान निवर्तमान वडा अध्यक्ष पिताम्बर यादवलाई बिदाइ गर्दे पद ग्रहण गरेकी हुन ।
वडा नम्बर १ को बिदाई तथा पद भार ग्रहण कार्यक्रमका वडाका सबै सामुदायिक विद्यालयमा कक्षा १, २ र ३ सम्म लाई अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्न पहल गर्ने ,आधारभूत तथा माध्यमिक तहमा उत्कृष्ट अङ्क ल्याउने विषयगत शिक्षक र विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार को व्यवस्था गर्ने बर्थिंङ्ग सेन्टर नियमित सञ्चालन को लागि पूर्वाधार तयारी गरि सञ्चालनमा ल्याउने र आवश्यकता अनुसार को प्रत्येक किसानहरू लाई सिँचाइ को बेरिङ्ग जडान गर्न पहल प्रतिवद्धता सहित नव निर्वाचित वडा अध्यक्ष लिला देवी यादव ले पद ग्रहण गरेकी हुन ।
कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरू नव निर्वाचित अध्यक्ष दिनेश यादव ,प्रत्यासी वडा अध्यक्ष किरण कुमार जैसवाल (राजु ) पत्रकारको सहभागिता रहेका थियो ।,
,












