Logo

सप्तरीको राजविराज भन्सार कार्यालयले पक्राउ गरका सामानहरू उपयोग विहीन बन्दै  

                     
Logo १४ जेष्ठ २०७९, शनिबार १७:५९    

अम्बिकादहाल

सप्तरीको राजविराज भन्सार कार्यालयमा करोडौं रूपैयाँ मूल्य बराबरका विभिन्न प्रकारका खाद्यान्न , लत्ता कपडा, मदिरा लगायत सरसामानहरू हक दावी तथा लिलामी प्रक्रियामा नआउँदा काम नलाग्ने हुँदै गएको छ ।

कार्यालयमा २०७७/०७८मा २५५ प्रकारका विभिन्न सामानहरू र २०७८/०७९मा २४४ प्रकारका केही सामानहरू बाहेक उपयोग विहीन अवस्थामा रहेका छन ।

कार्यालयले २०७७ देखी हाल सम्म  वेला— बेलामा हक दावी तथा लिलामीको सूचना जारी गर्दा पनि  वर्षदेखि लिलामी प्रक्रिया अघि बढाउन नसक्दा सामानहरू सड्न  थालको भन्सार कार्यालयका अधिकृत दिपेन्द्र कुमार झाले बताए ।

कार्यालय प्रमुख झाका अनुसार यस क्षेत्रमा बर्सातको महिनामा सामान राखिएका  घरहरूमा ३/४ फिट सम्म डुबान हुने हुने भएका सामानहरू सड्ने गरेको सुनाए ।

त्यस्तै गरि करोडौं रूपैयाँ मूल्य बराबरका सवारीसाधनहरू हालत पनि त्यस्तै रहेको छ । कार्यालयले २०६८ साल यता लिलामी प्रक्रिया अघि बढाउन नसक्दा र सर्वसाधारणलाई लिलामीको सवारी साधान किन्दा कानूनी प्रक्रिया झन्झटिलो भएको कारण मानिसहरू नआउँदा कवाडी बन्दै गएको छ ।

भन्सार कार्यालयमा रहेका सवारी साधनहरू लगभग ४ सय ५० सयभन्दा बढी मोटरसाइकल र करिव तीन दर्जन जति चारपाङ्ग्रे सवारीसाधन कवाडी भन्दै गएका छन ।


लोकप्रिय छुटाउनुभयो कि ?