अम्बिका दहाल


२१ जेठ, राजविराज ।
घरेलु तथा साना उद्योग कार्यालयको अगुवाइमा जिल्ला प्रशासन कार्यालय ,कर दाता सेवा कार्यालय , सप्तरी वाणिज्य संघ विभिन्न बजारहरूमा अनुगमन तीब्र बनाएका छन ।

जिल्ला भित्र रहेका स्थानीय बजारहरूमा सञ्चालनमा रहेको विभिन्न उद्योगमा उत्पादन गर्ने सामानहरू तथा वाणिज्य तर्फ विभिन्न पसलमा बिक्री बितरण हुने दैनिक उपभोग्य लगायत अन्य उपभोग्य सामानहरूको गुणस्तर र बिक्रीवितरण मूल्य सम्बन्धमा जाँचबुझ गर्नको लागि जिल्ला प्रशासन कार्यालय ,कर दाता सेवा कार्यालय ,घरेलु तथा साना उद्योग कार्यालय ,सप्तरी वाणिज्य संघ ,पत्रकार र सुरक्षा निकाय लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सञ्युक्त टोलिद्वारा हिजो जेठ २० गते हनुमाननगर कंकालिनी नगरपालिका र आज डाक्नेशरी नगरपालिका र शम्भुनाथ नगरपालिकामा अनुगमन गरेको हो । अनुगमनमा नेपालमा बिक्रीवितरण गर्न रोक लगाइएका इन्डियाका समान, म्याद गुज्रिएका खाध्य सामाग्री , खैनी ,गुट्खा ,मदिरा लगाएत केही सामानहरू नष्ट गरिएको छ बाँकी सामाग्री कम्पनलाई फिर्ता गर्न समेत व्यवसायिहरूलाई सुझाब दिएको र नयाँ दर्ता ,पसलको दर्ता प्रमाण पत्र , नवीकरण समेत नभएकाहरूलाई आवश्यक कागजात लिइ घरेलु तथा साना उधोगमा सम्पर्क गर्न आग्रह गरिएको घरेलु तथा साना उद्योग सप्तरीका प्रमुख सन्तोष साहले बताउनु भयो । अनुगमनमा खाध्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सुरेश कुमार सिंह , जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा सञ्जय कुमार राम पत्रकार बैधनाथ झा लागाएत रहनु भएको छ ।













