अम्विका दहाल


२१ जेठ, राजविराज ।
नेपाल बार एसोसिएसनको जिल्ला अदालत बार इकाई राजविराजको कार्य समिति लागी नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ बजेर १० मिनेटबाट शुरु भएको मतदान अपराह्न ४ बजे सम्पन्न भएको छ ।

नयाँ कार्यसमितिका लागि पेसागत समावेशी प्रगतिशील लोकतान्त्रिक समूह र बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी पेसागत कानुन व्यवसायी समूह चुनावी प्रतिस्पर्धामा छन ।
२ वर्षे कार्यकालका लागि बारमा एक अध्यक्ष, १ उपाध्यक्ष १ सचिव, १ सह सचिव १ कोषाध्यक्ष र ६ सदस्य छनोटका लागि निर्वाचन भएको हो ।
पेसागत समावेशी प्रगतिशील लोकतान्त्रिक समूहबाट अध्यक्षमा कामेश्वर यादव उपाध्यक्षमा ममता कुमारी कुमारी चौधरी सचिवमा कमल कुमार यादव, कोषाध्यक्षमा विरेन्द्र कुमार चौधरी र सदस्यहरूमा धिरेन्द्र लाल, लबेन्द्र प्रसाद देव, शिव नारायण यादव, राम नरेश चौधरी छन भने केन्द्रिय पार्षदमा भोजराज शर्मा , कर्मचन्द्र चौधरी , हेम नारायण चौधरी र लोकनाथ यादव रहेका छन ।
यसै गरी बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी पेसागत कानुन व्यवसायी समूह अध्यक्षमा रामप्रसाद चौधरी उपाध्यक्षमा फुल नारायण यादव सचिवमा प्रमोद कुमार चौधरी, सहसचिव किरण कुमारी साह, कोषाध्यक्षमा मनु खनाल र सदस्यहरूमा बैधनाथ चौधरी, विर बहादुर कडारी ,राज नारायण यादव, र उमेश नाथ शरण, छन भने केन्द्रिय पार्षदमा कर्मचन्द्र चौधरी , विरेन्द्र प्रसाद चौधरी र हेम नारायण चौधरी रहेका छन ।












