Logo

सप्तरीका पालिकाका प्रमुखहरूद्वारा उद्योगी व्यवसायीलाई सहयोग गर्ने प्रतिबद्धता 

                     
Logo २१ जेष्ठ २०७९, शनिबार १४:३४    

२१,जेठ, राजविराज ।

सप्तरी उद्योग वाणिज्य संघले शुक्रबार सप्तरीका १८ वटै पालिकाका नवनिर्वाचित जन प्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ ।

सप्तरीका नवनिर्वाचित पालिका प्रमुखहरू समक्ष जिल्लाको उद्योग व्यवसायको विकासका लागि सामूहिक पहल सुरु गरि दिन उद्योग व्यवसायीहरूले आग्रह गरेका छन् ।

जिल्लामा रहेका विभिन्न उद्योग व्यवसायलाई फस्टाउन, व्यवस्थित गर्न र उद्योगी व्यवसायीको पेशागत हकहितका लागि सहयोग गर्ने पालिका प्रमुखहरूले प्रतिबद्धता व्यक्त गरेका छन् ।

पालिका प्रमुखहरूले आ–आफ्नो पालिकाबाट श्रमसाधनले भ्याएसम्म उद्योग व्यवसायको विकासको लागि पनि सहयोग गर्ने जनाएका छन ।

सप्तरी उद्योग बहुवाणिज्य संघका अध्यक्ष लालबाबु प्रसाद अग्रवालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राजविराज नगरपालिकाका पूर्व मेयर गोविन्द सिंहले नवनिर्वाचित पालिका प्रमुखहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।  


लोकप्रिय छुटाउनुभयो कि ?