Logo

अपाङ्गता भएका व्यक्तिले अवसर पाए अन्य व्यक्ति झै काम गर्न सक्छन् : नगरप्रमुख गुप्ता

                     
Logo २० जेष्ठ २०७९, शुक्रबार १८:३०    

 २० जेठ ,कञ्चनरूप ।

कञ्चनरूप नगरपालिका प्रमुख ललन प्रसाद गुप्ताले अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए भने अन्य व्यक्ति झै काम गर्ने बताउनु भएको छ ।

‘कञ्चनरूप नगरपालिका महिला तथा बालकालिका शाखाद्वारा शुक्रवार आयोजित अपाङ्गता भएका ब्यक्तिहरूलाई कृत्रिम अंग तथा सायक सामाग्री वितरण कार्यक्रममा यस्तो बताउनु भएको हो ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा अपाङ्गता भएका व्यक्तिले पहुँच पुर्याउन आफ्नो व्यक्तिगत रुपमा र नगर प्रमुखको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । साथै कृत्रिम अंग तथा सायक सामाग्री वितरण लिने १४ जनालाई आफ्नो व्यक्तिगत तर्फबाट नगद पाँच सयका दरले प्रदान गर्नु भो।  फरक क्षमता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न आवश्यक रहेको उहाँको भनाई थियो । उनीहरूलाई समाजले हेर्ने दृष्टिकोण अन्य व्यक्तिलाई हेर्ने भन्दा केही फरक रहेको र अब तत्काल परिवर्तन गर्न जरुरी रहेको नगरप्रमुख गुप्ता भनाई थियो ।

अब उनीहरूलाई दया र कठैबरा भन्नुका साटो अवसर दिए निक्कै ठुल्ठुला काम गर्न सक्ने क्षमता उनीहरूसँग भएको नगरप्रमुख गुप्ता प्रष्ट पारे । अपाङ्गता भएका व्यक्तिलाई दया र मायाको दृष्टिले भन्दा अधिकारमुखी दृष्टिकोणबाट हेर्दै विकासको मूल प्रवाहमा ल्याई आत्मनिर्भर बनाउनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रेणुका शाहले  संविधान, नीति र कानूनमा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा, पुनःस्थापना, सहभागिता र समावेशी करणलाई प्राथमिकतामा राखिएको राज्यले हेर्ने दृष्टिको समान भएको बताउनुभो साथै अधिकृत शाहले अपाङ्गता भएका व्यक्तिहरूका अधिकारहरू प्रति स्थानीय सरकार जिम्मेवार रहेको उहाँको भनाई थियो ।

महिला तथा बालकालिका शाखाकी प्रमुख सुशीला चौधरीले शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना र कानून, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गता भएका व्यक्तिको सहभागिताजस्तै विषयलाई आत्मसात गरी स्रोतसाधनलगायत आवश्यक कुराको प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजाउनुपर्ने भनाई थियो ।

नगरपालिका भित्रका १४ जना अपाङ्गता भएका व्यक्तिहरूलाई कृत्रिम अंग तथा सायक सामाग्री वितरण गरिएको थियो । कार्यक्रममा नगर उप प्रमुख मुना पोखरेल विभिन्न वडा वडा अध्यक्ष तथा युनिसेफका अर्थोपेडिक रमेश प्रसाद निरौलाको उपस्थिति रहेको थियो भने कार्यक्रम सहजीकरण महिला तथा बालकालिका शाखाकी भावना घिमिरेले गर्नु भएको थियो  भने अर्थोपेडिक  निरौलाले कृत्रिम अंग तथा सायक सामाग्री लाई प्रयोग गरे देखाई दिनु भएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?