Logo

त्रियुगा खोलामा डुबेर एक युवकको मृत्यु

                     
Logo १९ जेष्ठ २०७९, बिहीबार १८:३७    

१९ जेठ , कञ्चनरूप ।

सप्तरीको फत्तेपुरस्थित त्रियुगा खोलामा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक युवकको मृत्यु भएको छ।

सप्तरीको सप्तकोसी नगरपालिका –१ त्रियुगा खोलामा पौडी खेल्न क्रममा उदयपुरको बेलका नगरपालिका –४ रामपुर लालसिसुवाका  ३२ वर्षीय प्रविण खत्रीको डुबेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

खोलामा पौडी खेल्न खेल्न हाम फाली हराई बेपत्ता भए पछि प्रहरी चौकी फत्तेपुर र सशस्त्र प्रहरी बलको टोलीले पानीको मुहान बन्द गरी खोजतलास गर्दा  ३०० मिटर पूर्व दक्षिण स्थित सोही त्रियुगा खोलामा खत्री मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतक लासको कानुन बमोजिम लास जाँच मुचुल्का लगायतका थप अनुसन्धान कार्य भई रहेको छ भने शवलाई पोस्टमार्टमका लागि चौदण्डीगढी बेल्टार लगिएको छ।

 


लोकप्रिय छुटाउनुभयो कि ?