नर्मदेव यादव


१८ जेठ रुपनी
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर १मा रहेको रुपनी देबी को मन्दिरको पुनर्निर्माण हुने भएको छ ।

रुपनी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष दिनेश कुमार यादवले आज बुधबार एक कार्यक्रम बीच रुपनी देबी को मन्दिर पुनर्निर्माणका लागि सिलिन्यास गरेका छन ।
पुनर्निर्माण उत्त मन्दिर उद्योग, पर्यटन तथा वन मन्त्रालयले प्रदान गरेको १५ लाख बाट उक्त मन्दिर को निर्माण सुरु हुन लागेको रुपनी गाउँपालिकाका लो स पा पार्टी अध्यक्ष पिताम्बर यादवले बताए ।
मन्दिरको सिलिन्यास पण्डित कार्यक्रममा गाउँ पालिकाका उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी , रुपनी गाउँपालिकाका लो स पा पार्टी अध्यक्ष पिताम्बर यादव ,युवा नेता मुकेश कर्ण ,उपेन्द्र चौधरी ,राजाराम यादव ,बसन्त यादव,सुर्य नारायण यादव ,शिव नारायण यादव, तथा समाजसेवी ,पत्रकार, लगायतका उपस्थिति रहेको थियो ।












