जेठ,१७ कञ्चनरूप ।


सप्तरीको कञ्चनरूप नगरपालिका नगर प्रमुख ललन प्रसाद गुप्ताले समयमा कार्यालय नआउने तथा स्वास्थ्य संस्थामा औषधी अभाव र फोहर दुर्गन्ध पाइयो कसरी कञ्चनरूप नगरपालिका कसरी अबल भयो भन्ने कुराको प्रश्न खडा भएको बताउनु भएको छ ।
नगर प्रमुखले पदभार ग्रहण गरे पछि सोमबार ११ बजे पछि कार्यालय अवलोकन तथा बस्तु स्थिति जाँच बुझ गर्दा शिक्षा, स्वास्थ्य, कृषि, महिला तथा बालकालिका , पशु र पञ्जिकरण लगायतका शाखामा कुनैमा एक कर्मचारी कुनैमा कार्यालय सहयोगी मात्र रहेको भएको बताउनु भएको छ ।

नगर प्रमुख गुप्ता का अनुसार नगर भित्र रहेका विभिन्न शाखा तथा स्वास्थ्य संस्थाको अवस्था बेहाल रहको बताउनु भएको छ भने वडा नं. ४ मा रहेका स्वास्थ्य संस्थामा समान्य प्रकारको सिटामोल समेत नहरको पाईको बताउनु भएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र भित्रै ‘भद्रगोल’
अनुगमन क्रममा गरिएका कञ्चनपुरको प्राथमिक स्वास्थ्य केन्द्र भित्र आकस्मिक सेवा को बेडमा नै पानी चुहिने, विभिन्न दाता तथा नगरले खरिद गरको समान खिया लागी यत्रतत्र छिरिएको , फोहरमैला व्यवस्थापन नभएको , कोठा कोठामा माकुराको जालो लागेको पाइएका नगर प्रमुख गुप्ताले जानकारी दिनुभएको हो ।
साथै नगर प्रमुखले ‘पहिलो पटक सुझाव दिइएको छु र आउँदो दिनहरूमा सरसफाइ तथा क्रियाकलापहरूमा ध्यान नगरिएको पाइएमा कसैलाई छुट नदिइने निर्देशन समेत दिएको बताउनु भएको छ ।













