विरेन्द्र साह


२९, जेठ राजविराज ।
खडक नगरपालिका वडा ११ मा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा ४ कोठे पक्की भवन निर्माण हुने भएको छ ।

विद्यालयमा कक्षाकोठाको समस्या भोग्दै आएको समस्या समाधान हुने भएपछि स्थानीय खुसी भएका छन । गरिब, दलित बालबालिका अध्ययनरत उक्त विद्यालयमा भवन निर्माणकार्यको भूमिपूजन खडक नगरपालिकाका उपमेयर रिता कुमारी चौधरीले गरे । भूमि पूजापाठ गरेपछि उपमेयर विद्यालयको पठनपाठनमा सहज हुने जानकारी दिए । विद्यालयमा पर्याप्त कक्षाकोठा नहुदाँ ,एउटै कक्षाकोठामा दुईवटा कक्षा राखेर अध्यापक गराउँनुपर्ने बाध्यता अब समाधान हुने विश्वास सहायक प्रधानअध्यापक रामेश्वर साह गुप्ताले व्यक्त गरे । उनले भने लामो समयको अन्त पछि राष्ट्रपति विद्यालय सुधार योजना अन्तरगत ४ कोठे भवन बनाउने भएपछि विद्यालय परिवार खुसी छ । म लामो समयदेखि विद्यालयमा काम गरेको छु , हाम्रो विद्यालयको समस्या भवन, बाउणडरीबाल, शैक्षिक सामाग्री, डेस्कबेन्चको समस्या छ , यसतर्फ उपमेयरलाई ध्यानाकर्षण गराए ।
उक्त ४ कोठे दुईतले भवन निर्माणमा ४२ लाख २२ हजार ७ सय ३७ रुपैयाँको लागतमा तयार गरिने इस्टमेट रहेको उपभोक्ता समितिका अध्यक्ष अरुण चौधरीले जानकारी दिए । छोटो समयमा दुईतला भवन बनाउ आफूहरूलाई चुनौति रहेपनि दिनरात दुईसिफ्ट मा काम गरि सम्पन्न गरिने जानकारी दिए । असार मसान्त नजिक आइसकेको अवस्थामा विद्यालयका काम सुरु भएपछि काम हुने हो कि होइन त्यसमा तपाईँहरू चिन्ता नगर्नु म समयमा सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरिनेछ अरुणले भने ।
भूमिपूजन कार्यक्रममा खडक नगरपालिका वडा न ११ का अध्यक्ष रामकृष्ण चौधरी, विद्यालयका प्रअ रामकुमार चौधरी ,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद चौधरी, साइड इन्जिनियर राधेकृष्ण साह ,समाजसेवी बिक्रम राम, सत्य न ठाकुर ,राजदेव राम ,रामकुमार साह, लगायत उपभोक्ता समिति र स्थानीय वासिन्दाको सहभागिता थियो ।
२०४० सालमा स्थापना भएको उक्त विद्यालयमा हाल ६ वटा कोठा रहेको छ । कक्षा ५ सम्म पठनपाठन गराउँदै आएको छ .












