जेठ ३१ कञ्चनरूप ।


सप्तरीको कञ्चनरूप नगरपालिकाका मेयर ललन प्रसाद गुप्ताको अगुवाइमा आज मङ्गलवारबाट नगर स्तरीय फोहर व्यवस्थापन तथा सरसफाइ कार्यक्रम सञ्चालन भएको छ ।
कञ्चनरूपको वडा नं. ८ बाट फोहर व्यवस्थापन तथा सरसफाइ कार्यक्रममा मेयर आफै प्रत्यक्ष उपस्थित थिए । नगरपालिकाको प्रमुख बजारका रुपमा रहेको कञ्चनपुर बजारमा महिनौँ देखि फोहर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिन थाले पछि बजार वासी तथा आवत जावत गर्ने सर्वसाधारण प्रभावित भएका थिए ।

फोहर व्यवस्थापन तथा सरसफाइको अगुवाइ गर्दै नगर प्रमुख गुप्ताले भने मैले पद सम्हाले देखी फोहर मैलालाई व्यवस्थापन गर्ने मेरो पहिलो योजना थियो सोही अनुसार कार्य भएको हो र अब यो निरन्तर चलिरहन्छ । कञ्चनरूपको सदरमुकाम रहेको कञ्चनपुर बजार क्षेत्रबाट शुरु भएको भए ता पनि नगर भरि नै फोहर मैलालाई व्यवस्थापन गर्ने कार्य हुने बताए ।
फोहर मैलालाई व्यवस्थापन कार्यक्रममा कञ्चनरूप नगरपालिकाका नगर प्रमुख लगायत प्रमुख प्रकाशकीय अधिकृत रेणुका साह, नगर प्रहरी ,कर्मचारी, शस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरू सरसफाइ कार्यमा जुटेका थिए।













