Logo

फत्तेपुरमा सहकारी शिक्षा सम्बन्धी सात दिने तालिम सञ्चालन

                     
Logo ८ असार २०७९, बुधबार १९:००    

नवीन कुमार ढकाल

८  असार ,फत्तेपुर ।

सप्तरीको सप्तकोसी नगरपालिका  वडा नं. १ स्थित फत्तेपुर बहुउद्देश्य सहकारी संस्थाले सहकारी शिक्षाको ७ दिने तालिम सञ्चालन गरेको छ ।

सप्तकोसी नगर प्रमख कृष्ण ढकाल उद्घाटित तालिममा सहकारीका सञ्चालक समिति लेखा समिति कर्मचारी र शेयर सदस्य गरी ४० जना सहभागिता रहेको तालिममा डिभिजन सहकारी कर्मचारी लिलाबल्लभ चापागाईँ र इन्द्र प्रसाद पराजुलीले सहजीकरण गर्नुहुने सहकारीका व्यवस्थापक ईश्वरी प्रसाद नेपालले बताए ।

सहकारी शिक्षा तालिम ७ दिन सम्म स्थानीय नमस्ते होटलको सभाहलमा सञ्चालन हुने छ ।  


लोकप्रिय छुटाउनुभयो कि ?