Logo

कोशी ब्यारेजबाट ठूलो परिणाममा गाँजा बरामद

                     
Logo ८ असार २०७९, बुधबार १९:२६    

८ असार, कञ्चनरूप ।

कोशी ब्यारेजको  पश्चिमी चेक प्वाइन्टबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा १ सय ७५ किलो लागूऔषध गाँजा बरामद  भएको सप्तरी प्रहरीले जनाएको छ।

ती ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएको सशस्त्र प्रहरी निरीक्षक तामाङले बताए । शंका लागेर ट्रकभित्र हेर्दा गाँजा देखिएको उनले जानकारी दिए । ट्रकमा ७ वटा बोरामा प्याक गरी बाँधिएको अवस्थामा गाँजा फेला परेको प्रहरीले जनाएको छ। 

बरामद भएको ट्रफीसहितको गाँजालाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?