विरेन्द्र साह


१०, असार , राजविराज
सप्तरीको खडक नगरपालिकाले ११औं नगर सभा बहुमतले पारित भएको छ । शुक्रबार नगरपालिकाले आयोजना गरे नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा नगरपालिका उप मेयर रिता कुमारी चौधरीले बजेट प्रस्तुत गदै आगामी बजेटमा ८३ करोड ५८ लाख ४१ हजारको बजेट बिनियोजन गरेको हो । नगरसभाले आन्तरिक आय तर्फ १ करोड ४० लाख, नेपाल सरकारबाट प्राप्त वित्तीय समानीकरण तर्फ १५ करोड १ लाख, सर्शत अनुदान तर्फ २७ करोड ६२ लाख, राजश्व बाडँफाँड तर्फ ११ करोड ४८ लाख ७९ हजार रहेको छ । यसैगरी प्रदेश सरकार वित्तीय समानीकरण ९१ लाख ६२ हजार र सवारी साधन करबाट ७० लाख ,संघीय सरकारबाट विशेष अनुदान १ करोड ,समपूरक अनुदानबाट १ करोड ७५ लाख बजेटमा रहेको छ । यसैगरी प्रदेश सरकार विशेष अनुदान तर्फ ३० लाख र समपूरक अनुदानतर्फ २० लाख प्रदेशबाट प्राप्त हुने अनुमान गरेको हो ।

खडक नगरपालिकाको ११अौ नगर सभाले एक वडा एक नमुना विद्यालय छनोट गरि एक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गरिनेछ । सामुदायिक विद्यालयमा निशुल्क पोशाक ,गर्भवती महिलालाई निशुल्क भिडियो एक्सरे र विद्यालय र स्वास्थ्य केन्द्रमा सिसि क्यामरा जडान गरि नगरपालिकाबाट निगरानी गरिने त्यसैगरी नगरपालिकामा प्रांगारिक मल उद्योग खोल्ने यश वर्ष मुख्य आर्कषण परेको छ । नगरसभामा नगर प्रमुख जयप्रकाश चौधरीले बजेट बारेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । बजेट बारे वडा अध्यक्षहरूले टिप्पणी गरेका थिए ।













