Logo

धर्मेश्वर हस्पिटलमा निःशुल्क अप्रेसन सहित आमा सुरक्षा कार्यक्रम सञ्चालनमा 

                     
Logo १२ असार २०७९, आईतवार ०७:४५    

११ असार, कञ्चनरूप ।

सप्तरीको कञ्चनरूप नगरपालिका १२ स्थित स्थित धर्मेश्वर हस्पिटल प्रालिले आमा सुरक्षा कार्यक्रम निःशुल्क अप्रेसन सहितको प्रसुती (सुत्केरी) सेवा कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

धर्मेश्वर हस्पिटलले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका’ अनुसार मातृ मृत्युदर कम गर्नका लागि कार्यक्रम लागू गरेको हो ।

कार्यक्रममा बोल्दै कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले मातृ तथा नवजात शिशु मृत्युदरमा कमी ल्याउने उद्देश्यले प्रसूति सेवा कार्यक्रम लागू भएपछि संस्थागत सुत्केरी गराउनेको सङ्ख्यामा वृद्धि हुने र कञ्चनरूपमा मातृ तथा नवजात शिशु मृत्युदर शून्यमा ल्याउनमा यस हस्पिटलले अहम् भूमिका खेल्नेमा विश्वस्त रहको बताए ।

नगर प्रमुख  गुप्ताले कागजमा मात्र सीमित नरही काम र कर्तव्यले पुरा गरेर देखाउने साथै यस हस्पिटलले आमा सुरक्षा कार्यक्रम सञ्चालनमा आए पछि नगरपालिकामा एक कदम अगाडि हुने  बताएका छन ।

कार्यक्रममा उप प्रमुख मुना कुमारी पोखरेल, केन्द्रिय कारागार अस्पतालका प्रमुख डा. प्रकाश प्रसाद साह, हाडजोर्नी डा. धिरज सिंह, कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखा जन स्वास्थ्य अधिकृत रामसेवक यादव, स्वास्थ्य शाखाका उप प्रमुख डम्बर गुप्ता, पहेन अधिकृत अम्बिका ओली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

नेपाल सरकारले २०६५ साल देखी आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यविधि निर्देशिका जारी गरेर मातृ मृत्युदर कम गर्नका लागि कार्यक्रम लागू गरेको हो ।

धर्मेश्वर हस्पिटलका प्रमुख डा. दिलिप कर्णका अनुसार मातृशिशु मृत्यु दर न्यून गर्ने नेपाल सरकारको कार्यविधि अनुसार आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न पाएकोले यसलाई  प्रभावकारी रुपमा लागू गर्ने बताए।


लोकप्रिय छुटाउनुभयो कि ?