Logo

सप्तरी जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी

                     
Logo १२ असार २०७९, आईतवार १८:२४    

१२,आसर राजविराज ।

सप्तरीमा जिल्ला समन्वय समितिमा गठबन्धनको प्यानल नै विजयी भएको छ ।

आइतबार सम्पन्न निर्वाचनमा समितिको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका शिवनारायण साह २३ मत ल्याइ विजयी भएको हुन  । उनका निकटतम प्रतिद्वन्दी जसाप र एमालेका उम्मेदवार छेदी अरगरीया यादव ११ मत ल्याएका थिए ।

सप्तरीका १६ वटा स्थानीय तहका प्रमुख उपप्रमुख गरी समितिको निर्वाचनमा ३६ जनाले भाग लिएका थिए । त्यस्तै उपप्रमुखमा लोसपाका शम्भु कुमार यादवले २० मत ल्याएर बिजयी हुँदा एमालेका देवकान्त चौधरीले १४ मत प्राप्त गरेका थिए ।

यस्तै महिला सदस्यमा नेपाली काङ्ग्रेसकी रञ्जिता कुमारी चौधरी (थरुनी), जनमत पार्टीकी प्राणवती देवी सरदार र एकीकृत समाजवादीकी सविता कुमारी साह निर्वाचित भएकी छन ।

त्यसैगरी सदस्यहरूमा नेपाली काङ्ग्रेसका जागेश्वर यादव, जनमत पार्टीका बृधिलाल यादव र लोसपाका सत्य नारायण मण्डल निर्वाचित भएका छन ।

यस्तै दलित वा अल्पसंख्यक सदस्यमा नेकपा एकीकृत समाजवादीका बौहुरी भगत निर्वाचित भएकी हुन । कुल ३६ मत मध्ये २ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?