१५ असार , कञ्चनरूप ।


धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यस वर्ष आज १९ औँ राष्ट्रिय धान तथा रोपाइँ महोत्सव आज देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइ रहँदा सप्तरीको कञ्चनरूप नगरपालिकामा पनि विविध कार्यक्रम गरि मनाइएको छ ।
धान दिवस अवसरमा नगरपालिका सभा हलमा शुभकामना आदान प्रदान गरी वडा नं. ४ का वडा सदस्य राजकुमार चौधरी को खेतमा धान रोपाइ गरि मनाइएको छ ।

उक्त कार्यक्रमका नगर प्रमुख ललन प्रसाद गुप्ता, उप प्रमुख मुना पोखरेल प्रशासकीय अधिकृत रेणुका शाह लगायत वडा अध्यक्षहरू, कृषि शाखा का कर्मचारीहरू नगर का कृषकहरू सहभागिता रहेको थियो ।
नेपालमा वि.सं। २०६२ सालयता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । विशेषगरी असार १५ मा असारे गीत गाउदै धान रोप्ने, हिलो खेल्ने र दही चिउरा खाने पुरानो परम्परा रहि आएको छ । दही चिउरा खाने परम्परा कहिलेदेखि सुरू भयो भन्ने एकिन नभएपनि धान रोप्ने चलन सुरु भएदेखि नै यो परम्परा रहेको मानिन्छ ।
विशेषत रोपाइँ सकेको खुसियालीमा खोजस्वरूप दही र चिउरा खाने पुरानो प्रचलन हो। तर पछिल्लो समय बल्ल शुरु भएको रोपाइँको चटारोको समयमा यो पर्व मनाउने गरिन्छ । यसको कारण मध्येको एक मौसम परिवर्तन पनि हो ।
असार १५ मै किन खाइन्छ दही चिउरा रु प्रायः को एउटै उत्तर हुने गर्छ, पहिलेदेखि खाँदै आएको त्यसैले महत्व छ र रोपाइँ सकिएको खुसियालीमा दही चिउरा खाइन्छ ।













